नेपाली समाज युएर्इमा राजनीतिक हस्तक्षेप
युएर्इ–युएर्इमा कार्यरत नेपालीहरूको साझा संस्था नेपाली समाज युएर्इमा राजनितिक हस्तक्षेप भएको छ।
समाजको शुक्रबार नयाँ कार्यकालको लागी हुदै गरेको अधिबेशनमा नेपाली काग्रेस निटक जनसम्पर्क समिति युएर्इले हस्तक्षेप गर्दा अधिबेशन स्थगित गरिएको हो।
अायोजकले सुरक्षाको लागी भन्दै स्थानिय केही अरब मुलका नागरिकलार्इ कार्यक्रममा प्रबेश गराए लगतै उनीहरूले बिरोध जनाएका थिए।
कार्यक्रमको सुरूवातमा नै निर्बाचन समितिको कार्यशैलीमा (अध्यक्ष उमेद्वार कुनै पनि राजनितिक भातृ संगठनमा अाबद्द भएको मान्य नहुने) भन्दै कार्यक्रममा अबरूद्द खडा गरिरहेका थिए।
युएर्इमा रहेका केही संघसस्था तथा ब्याक्तिहरूको पँहुचमा धादिंग समाज युएईका अध्यक्ष एवं जनसम्पर्क समिति युएर्इका पुर्ब केन्द्रिय सदस्य भिम कुमार अधिकारीलार्इ २०१७/१९ कार्यकालको अध्यक्ष बनाउन निकै दाैडधुप गरिएको थियो।
अाफ्ना माताहातमा नगन्य मात्रमा सदस्य र चुनाब नजित्ने माहोल बने पछी कार्यक्रममा होहल्ला गरेको उपस्थितहरू बताउछन् कार्यक्रममा केही ब्याक्तिहरू मदिरा सेवन गरेर प्रबेश गरेका थिए।
अर्का उमेद्वार नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा नयाँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्यका कारण बिबादमा तानिएका थिए। तर निर्बाचन समितिले युएर्इको हकमा मात्र लागु हुने बँताउदै अाएका थिए।
जनजाती महासंघ भित्रका जातिय संस्था लगाएत ३५ बटा सामाजिक संघसंस्था अाबद्द नेपाली समाज युएर्इमा अधिकाशं संस्थाहरूले लिखित केही प्रतिबद्दता सहित चन्द्र प्रसाद सापकोटाको अध्यक्षतामा अधिबेशन सम्पन्न हुनु पर्ने बँताउदै अाएका थिए। सक्षम नेतृत्वले मात्र नेपाली समाज बैधानिकता दिन सक्ने उनीहरूको भनार्इ थियो।
तर अधिबेशन स्थगित भएपछी नेपाली समाज युएर्इमा अाबद्द जनजाती महासंघ र जिल्लागत संघसस्थाहरुले आफ्नो समर्थन फिर्ता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण