कलाकार र पहिरन फाइनल नहुँदा ‘रामायण’ अनिश्चित
मुम्बई । निर्देशक नितेश तिवारीको मेगा बजेट फिल्म ‘रामायण’लाई लिएर दैनिक रुपमा सञ्चारमाध्यममा विभिन्न समाचार आइरहेका छन् । कलाकार, फिल्मको भागदेखि लिएर कथासम्मका खबर आइरहेका छन् । तर यो फिल्म कहिलेसम्म तयार हुने भन्ने निश्चित भइसकेको छैन ।
फिल्म निर्माण स्रोतका अनुसार यो वर्षमा यो फिल्म नबन्ने करिब निश्चित छ । फिल्मका लागि अभिनेता रणवीर कपूर र अभिनेत्री साई पल्लवीमात्र अनुबन्धित भएका छन् । उनीहरुबाहेक अन्य कलाकार छनोट भइसकेका छैनन् ।
केही समयअघि नितेशले फिल्म ‘रामायण’ आगामी अप्रिल १७ मा पर्ने रामनवमीमा आधिकारिक रुपमा घोषणा गर्ने तयारी गरिरहेको समाचार सार्वजनिक भएको थियो । तर अहिले भने निर्माण पक्षमा नै यो फिल्मको घोषणा मितिबारे निश्चित नभइसकेको खुल्न आएको छ ।
फिल्मका लागि निर्माण गरिएको पहिरन पनि निर्देशक तिवारीका लागि चित्तबुझ्दो बन्न सकेको छैन । यसबाहेक फिल्मको कथाका लागि थप अध्ययन पनि चलिरहेको छ । त्यसकारण यही वर्ष फिल्म निर्माण हुने सम्भावना अत्यन्त न्यून छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण