बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार र पहिरन फाइनल नहुँदा ‘रामायण’ अनिश्चित

बिहीबार, ०८ चैत २०८०, १६ : ४५
बिहीबार, ०८ चैत २०८०

मुम्बई । निर्देशक नितेश तिवारीको मेगा बजेट फिल्म ‘रामायण’लाई लिएर दैनिक रुपमा सञ्चारमाध्यममा विभिन्न समाचार आइरहेका छन् । कलाकार, फिल्मको भागदेखि लिएर कथासम्मका खबर आइरहेका छन् । तर यो फिल्म कहिलेसम्म तयार हुने भन्ने निश्चित भइसकेको छैन ।

फिल्म निर्माण स्रोतका अनुसार यो वर्षमा यो फिल्म नबन्ने करिब निश्चित छ । फिल्मका लागि अभिनेता रणवीर कपूर र अभिनेत्री साई पल्लवीमात्र अनुबन्धित भएका छन् । उनीहरुबाहेक अन्य कलाकार छनोट भइसकेका छैनन् ।

केही समयअघि नितेशले फिल्म ‘रामायण’ आगामी अप्रिल १७ मा पर्ने रामनवमीमा आधिकारिक रुपमा घोषणा गर्ने तयारी गरिरहेको समाचार सार्वजनिक भएको थियो । तर अहिले भने निर्माण पक्षमा नै यो फिल्मको घोषणा मितिबारे निश्चित नभइसकेको खुल्न आएको छ ।

फिल्मका लागि निर्माण गरिएको पहिरन पनि निर्देशक तिवारीका लागि चित्तबुझ्दो बन्न सकेको छैन । यसबाहेक फिल्मको कथाका लागि थप अध्ययन पनि चलिरहेको छ । त्यसकारण यही वर्ष फिल्म निर्माण हुने सम्भावना अत्यन्त न्यून छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप