सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रियलमी सी–५५ मा भारी छुट

बिहीबार, ०८ चैत २०८०, २१ : ४९
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । रियलमीको रियलमी सी–५५ अब छुट मुल्यमा उपलब्ध हुने भएको छ । पहिला रु. २१ हजार ९९९ मा उपलब्ध रहेको ६ जिबी प्लस ६४ जिबी स्टोरेज भेरियन्टको मूल्य अहिले रु. १५ हजार ४९९ हुने भएको छ ।

रियलमी सी–५५ मा भएको सबैभन्दा मुख्य फिचर यसमा भएको ६४ एमपीको क्यामरा हो । त्यस्तै यसमा सेल्फी क्यामराको कुरा गर्नुपर्दा ८ एमपिको लेन्स छ जसले १०८० पि को भिडियो रेकर्ड गर्न सक्छ । 
रियलमी सी–५५ मा ५ हजार एमएचको ब्याट्री राखिएको छ जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ । जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ । 
रियलमी सी–५५ मा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै यसको अक्टाकोर प्रोसेसरले पावरफुल र प्रभावकारी पर्फर्मेन्स दिन्छ ।

६४ बिटको सिपियु र १२ एनएमको चिपसेट भएको हुँदा रियलमी सी ५५ मा पावर इफिसियन्सी हुनुको साथै हिट जेनेरेसन पनि कम हुन्छ, भन्नाले मोबाइल तातिने समस्या कम हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप