नेपालगन्जमा सञ्चालित मेला होलीको दिन रोक्ने निर्णय

काठमाडौँ । बाँकेको नेपालगन्ज वाटरपार्क परिसरमा सञ्चालित मेला होलीको दिन रोक्ने निर्णय गरिएको छ । घरेलु तथा साना उद्योग महासङ्घ बाँके समेतको आयोजनामा सञ्चालन भइरहेको मेला होलीको सुरक्षाको कारण जिल्ला प्रशासन कार्यालय बाँकेले रोक्ने निर्णय गरेको हो ।
चैत ६ देखी सञ्चालित मेला १८ गते सम्म सञ्चालन हुँदै छ । नेपालगन्ज उपमहानगरपालिको अनुमतिमा १२ दिन सञ्चालन हुने मेला तराईमा मनाइने फागु पर्व (होली)लाई ध्यान दिएर १२ चैतमा मेला सञ्चालनमा रोक लगाउने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले रातोपाटीलाई बताए ।
रङ्गहरूको पर्व होलीलाई भव्य र मर्यादित बनाउन सुरक्षा चुनौती रोक्ने उद्देश्यले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार एक दिन मेला रोक्ने निर्णय गरिएको हो । विगतमा उद्योग, कृषि, प्रविधि र पर्यटन क्षेत्रहरूको प्रवर्द्धन गर्ने नारा सहित विभिन्न प्रतिष्ठित संस्थाहरूको आयोजनामा मेला र महोत्सव सञ्चालन हुने गरे पनि त्यस्ता मेला पेशेवर मेला सञ्चालकहरूलाई ठेक्का दिने गरेको आरोप छ ।
मेला, महोत्सवमा मनोरञ्जनात्मक क्रियाकलाप बाहेक हारजित हुने गरी जुवा र सर्व साधारण ठगिने गतिविधि सञ्चालन भए नभएको अनुगमन गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिइएको प्रजिअ पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानमा मानव अधिकारको चरम उल्लङ्घन जारी : भुटान वाच
-
सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक : महेश बर्तौला
-
भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी छ : पाण्डे
-
यी हुन् वाईसीएलका नवनिर्वाचित ५२ पदाधिकारी
-
कैलालीमा ग्यास सिलिन्डर पड्किँदा एक जना घाइते
-
के हो टेलिकमको बिलिङ प्रकरण ?, अख्तियारले कहाँनिर देख्यो भ्रष्टाचार ?