नेपालगन्जमा सञ्चालित मेला होलीको दिन रोक्ने निर्णय
काठमाडौँ । बाँकेको नेपालगन्ज वाटरपार्क परिसरमा सञ्चालित मेला होलीको दिन रोक्ने निर्णय गरिएको छ । घरेलु तथा साना उद्योग महासङ्घ बाँके समेतको आयोजनामा सञ्चालन भइरहेको मेला होलीको सुरक्षाको कारण जिल्ला प्रशासन कार्यालय बाँकेले रोक्ने निर्णय गरेको हो ।
चैत ६ देखी सञ्चालित मेला १८ गते सम्म सञ्चालन हुँदै छ । नेपालगन्ज उपमहानगरपालिको अनुमतिमा १२ दिन सञ्चालन हुने मेला तराईमा मनाइने फागु पर्व (होली)लाई ध्यान दिएर १२ चैतमा मेला सञ्चालनमा रोक लगाउने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले रातोपाटीलाई बताए ।
रङ्गहरूको पर्व होलीलाई भव्य र मर्यादित बनाउन सुरक्षा चुनौती रोक्ने उद्देश्यले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार एक दिन मेला रोक्ने निर्णय गरिएको हो । विगतमा उद्योग, कृषि, प्रविधि र पर्यटन क्षेत्रहरूको प्रवर्द्धन गर्ने नारा सहित विभिन्न प्रतिष्ठित संस्थाहरूको आयोजनामा मेला र महोत्सव सञ्चालन हुने गरे पनि त्यस्ता मेला पेशेवर मेला सञ्चालकहरूलाई ठेक्का दिने गरेको आरोप छ ।
मेला, महोत्सवमा मनोरञ्जनात्मक क्रियाकलाप बाहेक हारजित हुने गरी जुवा र सर्व साधारण ठगिने गतिविधि सञ्चालन भए नभएको अनुगमन गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिइएको प्रजिअ पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण