सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुख अघि अनिल कपूरलाई अफर गरिएको थियो बाजिगर

सोमबार, १२ चैत २०८०, १० : २४
सोमबार, १२ चैत २०८०

काठमाडौँ । सन् १९९३ मा आएको फिल्म बाजीगर निकै हिट साबित भयो, जसका कारण शाहरुख खानले चर्चा कमाए । यद्यपि यो फिल्मका लागि शाहरुख खान पहिलो रोजाइ थिएनन् । 

उनीभन्दा अगाडि फिल्मका निर्देशक अब्बास–मस्तानले अनिल कपूरलाई फिल्ममा मुख्य भूमिका खेल्न चाहेका थिए तर उनीले चलचित्र खेल्न मानेनन् । सलमान खानले पनि फिल्म अस्वीकार गर्दा संयोगवश शाहरुख खानलाई फिल्ममा कास्ट गरिएको थियो ।

बाजीगरका निर्देशक अब्बास मस्तानले कोमल नहाटासँगको एक पुरानो अन्तर्वार्तामा यस कुराको खुलासा गरेका थिए । उनले भने, ‘जब हामीले बाजीगरको कथा पूरा गर्‍यौं, हामी सबैभन्दा पहिला अनिल कपूरसँग गयौं । त्यतिबेला उनी फिल्म रुप की रानी चोरोँका राजा’को सुटिङमा थिए । उनले फिल्मको विषय निकै जोखिमपूर्ण रहेको प्रतिक्रिया दिएका थिए। उनले चलचित्रको कथा राम्रो भएपनि आफू यसमा काम नगर्ने बताएका थिए ।

अनिल कपुरपछि बाजीगरका निर्माता रतन जैनले सलमान खानलाई कास्ट गर्ने निर्णय गरेका थिए । ‘मैने प्यार किया’ फिल्मबाट उनी स्टार बनेका थिए र त्यतिबेला सलमान खान राजश्री प्रोडक्सनको पारिवारिक फिल्मको सुटिङमा थिए । जब निर्माताले सलमान खानको घरमा फोन गरे, उनका पिता सलीम खानले फिल्मको अफर अस्वीकार गरे। सलमानले पारिवारिक फिल्मको बिचमा नकारात्मक भूमिका खेल्ने कुनै पनि फिल्म नगर्ने सलीमले बताएका थिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप