शाहरुख अघि अनिल कपूरलाई अफर गरिएको थियो बाजिगर
काठमाडौँ । सन् १९९३ मा आएको फिल्म बाजीगर निकै हिट साबित भयो, जसका कारण शाहरुख खानले चर्चा कमाए । यद्यपि यो फिल्मका लागि शाहरुख खान पहिलो रोजाइ थिएनन् ।
उनीभन्दा अगाडि फिल्मका निर्देशक अब्बास–मस्तानले अनिल कपूरलाई फिल्ममा मुख्य भूमिका खेल्न चाहेका थिए तर उनीले चलचित्र खेल्न मानेनन् । सलमान खानले पनि फिल्म अस्वीकार गर्दा संयोगवश शाहरुख खानलाई फिल्ममा कास्ट गरिएको थियो ।
बाजीगरका निर्देशक अब्बास मस्तानले कोमल नहाटासँगको एक पुरानो अन्तर्वार्तामा यस कुराको खुलासा गरेका थिए । उनले भने, ‘जब हामीले बाजीगरको कथा पूरा गर्यौं, हामी सबैभन्दा पहिला अनिल कपूरसँग गयौं । त्यतिबेला उनी फिल्म रुप की रानी चोरोँका राजा’को सुटिङमा थिए । उनले फिल्मको विषय निकै जोखिमपूर्ण रहेको प्रतिक्रिया दिएका थिए। उनले चलचित्रको कथा राम्रो भएपनि आफू यसमा काम नगर्ने बताएका थिए ।
अनिल कपुरपछि बाजीगरका निर्माता रतन जैनले सलमान खानलाई कास्ट गर्ने निर्णय गरेका थिए । ‘मैने प्यार किया’ फिल्मबाट उनी स्टार बनेका थिए र त्यतिबेला सलमान खान राजश्री प्रोडक्सनको पारिवारिक फिल्मको सुटिङमा थिए । जब निर्माताले सलमान खानको घरमा फोन गरे, उनका पिता सलीम खानले फिल्मको अफर अस्वीकार गरे। सलमानले पारिवारिक फिल्मको बिचमा नकारात्मक भूमिका खेल्ने कुनै पनि फिल्म नगर्ने सलीमले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण