दुई करोड लगानीमा नेपालगन्जको वाटर पार्कमा मोटरबोट सञ्चालन
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकास्थित वाटर पार्कमा आधुनिक मोटर बोट सञ्चालनमा आएको छ । मोटर बोट सेवा प्रदायक कम्पनी बोटेबोराले अन्य क्षेत्रसँगै वाटर पार्कमा पनि सेवा विस्तार गरेको हो । परीक्षणकालीन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो वैशाखमा भव्य उद्घाटन गर्ने तयारी गरेको सञ्चालक बीबी (विष्णु) ढकालले बताए ।
खासै प्रयोगमा नआएको नेपालगन्जको वाटर पार्क नामक पोखरीलाई मोटर बोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए । वाटर पार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेर प्रयोग गरेको छ ।
मोटर बोट चलाउन कम्पनीले करिब २ करोड खर्चिएको ढकाल बताए । व्यावसायिक रूपमा बोट सञ्चालनको तयारी गरेको कम्पनीले वाटर पार्कमा मोटर बोट सञ्चालन गरेबापत नेपालगन्ज उपमहानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता गरेको छ ।
कति तोकिएको छ शुल्क ?
कम्पनीले मोटर बोट चढ्न प्रतिव्यक्ति रु २५० (दुई सय पचास रुपैयाँ) तोकेको छ । एक हजार २ सय वर्ग मिटरको तालमा पर्यटकले मोटर बोटमा घुम्दै ४ किलोमिटर दुरी सयर गर्न सक्नेछन् ।
कम्पनीले मोटर बोटसहित आगामी दिनमा नेपालगन्जको सोही पार्कमा जेट स्कि, ५ वटा पावर स्पोर्ट्स, फ्लोटिङ रेस्टुरेण्ट, अपोजिट बन्जी,साइक्लिङ,जिपलाइन लगायतका सेवा समेत बिस्तार गर्ने योजना बनाएको छ । यसका लागि आवश्यक गृहकार्य भइरहेको ढकालले जानकारी दिए ।
यसअघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरत तालमा पर्यटकहरूलाई मोटर बोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटर बोट सञ्चालनमा ल्याउने योजना बनाएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण