मधेस प्रदेशका सभामुख मण्डललाई महामूर्खको उपाधि
काठमाडौँ । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्खको उपाधिले सम्मानित गरिएको छ । यस वर्षको महामूर्ख सम्मेलनमा मण्डललाई महामूर्खको उपाधिले सम्मान गरिएको हो ।
महामूर्खको उपाधि पाएपछि सभामुख मण्डलको अनुहारमा अनौठो मुस्कान समेत देखिएको थियो । उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सुशोभित गरी सम्मान गरिएको छ । यस्तै मधेस प्रदेशको अर्थ मन्त्रालयका सचिव सुभाषचन्द्र शिवाकोटीलाई पटमूर्ख, मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनलाई मूर्ख महामण्डलेश्वर, गोगलप्रसाद उच्च माविका प्रधानाध्यापक महावीर दासलाई सदावहार मूर्ख, रामजानकी अन्तर्राष्ट्रिय रंगशालाका अभियन्ता दिनेश पूर्वेलाई वैशाखनन्दन, सञ्चारकर्मी नित्यानन्द मण्डललाई खेसारी लाल, ई. सुभाषचन्द्र साहलाई स्थायी मूर्ख, मैथिली कला क्षेत्रमा काम गर्दै आएको संस्था युवा नाट्य कला परिषद्लाई निर्विकल्प मूर्ख, पिपरा गाउँपालिकाको उपाध्यक्ष वन्दना पाण्डेलाई दिलतोरियाको उपाधिले सम्मान गरिएको छ ।
त्यस्तै मिथिला चित्रकार सुधिकार कर्णलाई हरिप्रिया, मधेस क्रिकेट टिमका क्याप्टेन हरिशंकर साहलाई लोढाशंख, योगगुरु विमल पण्डितलाई बुरिराज, मूर्तिकार योगेन्द्र पण्डितलाई बज्रकिट र अनिकेत गोइनकालाई सोटाचन्दको उपाधिले सम्मानित गरिएको छ ।
जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होलीको अवसरमा हास्य उद्देश्यले महामूर्ख सम्मेलनको आयोजना गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
-
कैलालीको गोदावरी वन क्षेत्रबाट गुल्टाइएको टेम्पुबारे वन कार्यालयले दियो यस्तो प्रस्टीकरण
-
सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवलदारको मृत्यु, २ जना घाइते
-
अष्ट्रेलियाले लियो टर्कीबिरुद्ध १ गोलको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण