रुपन्देहीमा होलीका क्रममा ३१७ सवारी साधन नियन्त्रणमा
मङ्गलबार, १३ चैत २०८०, ०८ : ०३
_UdvHw66Ta6.jpg)
बुटवल । रुपन्देहीमा होली सुरक्षा कार्यक्रम अन्तर्गत प्रहरीले ३१७ सवारी साधनलाई सवारी नियम उल्लङ्घन गरी चलाइएको आरोपमा नियन्त्रणमा लिएको छ ।
होलीका क्रममा रुपन्देहीमा ४ वटा दुर्घटना भएको र सोही क्रममा एकजनाको ज्यान गएको तथा ३ जना घाइते भएका छन् । अमर्यादित होली खेल्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ७ का ३९ वर्षीय प्रवीण कँडेल रहेका छन् । उनी सवार मोटरसाइकल सिद्धार्थनगरकै गोलीगणको भित्री सडकमा अनियन्त्रित भएर दुर्घटना भएको तथा कँडेललाई उपचारका लागि अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले बताए ।
प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने ३११ मोटरसाइकल, ३ वटा टेम्पो, २ वटा जीपकार र एउटा ट्रकलाई नियन्त्रणमा लिएको रुपन्देही प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवाताल सिमाङ्कनमा पर्यटन व्यवसायी नै विभाजित : समर्थनमा हान, विपक्षमा पिटीसी
-
अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपाली काठमाडौँ आइपुगे
-
कला र संस्कृतिलाई पर्यटनसँग जोड्न सके देशले महत्त्वपूर्ण फड्को मार्नेछ : अध्यक्ष दाहाल
-
बागमती प्रदेशमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट
-
जिल्ला समिति काठमाडौँले किन गर्यो वाईसीएलको सपथ ग्रहण कार्यक्रम बहिष्कार ?
-
भुटानमा मानव अधिकारको चरम उल्लङ्घन जारी : भुटान वाच