आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

म्याकुरीलाई कुट्ने शर्मिला वाइबा ३५ हजार धरौटीमा रिहा

मङ्गलबार, १३ चैत २०८०, १६ : ०७
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । आफूलाई सामाजिक अभियान्ता दाबी गर्ने शर्मिला वाइबा ३५ हजार धरौटीमा रिहा भएकी छिन् । हास्य कलाकार पवन खतिवडा (म्याकुरी)लाई  कुटपिट गरेको आरोपमा पक्राउ परेकी उनी धरौटीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए । 

कुटपिट तथा अङ्गभङ्ग सम्बन्धी कसुरमा १० हजार र साइबर अपराध सम्बन्धी मुद्दामा २५ हजार गरी ३५ हजार रुपैयाँ धरौटी बुझाएर सोमबार रिहा भएकी हुन । 

कलाकार खतिवडाले कुटपिट गरेको उजुरी दिएपछि गत फागुन १६ गते सिन्धुपाल्चोकको बाह्रविसेबाट प्रहरीले वाइबालाई  पक्राउ गरेको थियो । पवन र उनकी पत्नी सुम्निमा खालिङबिच विवाद चलेका बेला  सुम्निमासँग मिलेर वाइबाले हातपात गरेको आरोप लागेको थियो ।  खतिवडाले अनुहारमा चोटैचोट पत्रकार सम्मेलन सम्मेलन समेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप