सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लगातार दुई खेल जित्नु सुखद पक्ष : आसिफ सेख

मङ्गलबार, १३ चैत २०८०, १९ : २९
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ सेखले आयरल्याण्डको टोलीसँग दुई खेल जित्नु सुखद पक्ष रहेको बताएका छन् ।

टी–२० विश्वकप अगाडि राम्रो टोलीसँग खेल्नु र जित्नु राम्रो पक्ष हुने उनको विश्वास छ । उनले दुवै खेलमा समग्र टिम इफोर्ट देखिएको समेत बताए । सुरुवात र अन्त्यमा राम्रो ब्याटिङ हुँदा राम्रो योगफल बनाउन सफल भएको आसिफले बताए । 

नेपालका कप्तान रोहितकुमार पौडेलले आयरल्याण्ड ‘ए’ भएपनि टोली राम्रो रहेको उल्लेख गर्दै पाँच खेलाडी सिनियर टोलीबाट खेलेको बताए । उनले अवसर नपाएका खेलाडीलाई पछिल्ला खेलमा प्रयोग गर्न पाइरहेको पनि उल्लेख गरे ।

कप्तान रोहितले विश्वकप खेल्ने टोली तय नभइसकेको पनि स्पष्ट पारे । कुशल भुर्तेल र कुशल मल्ललाई बलिङमा अवसर दिनु टोलीका लागि विकल्पका रूपमा तयार पारिएको कप्तान रोहितले उल्लेख गरे । उनले भारतमा राम्रो तयारी गर्न पाए एसिसी प्रिमियर कपका लागि राम्रो हुने धारणा राखे । 

रोहितले भारतको स्टेटको टोली राम्रो रहेको पनि स्पष्ट पारे । नेपालका प्रशिक्षक मोन्टी देसाईले टेस्ट राष्ट्रको ‘ए’ टोली कमजोर नहुने उल्लेख गर्दै एसोसिएट राष्ट्रसँग सेट टोली बनाउन विकल्प कम हुने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप