लगातार दुई खेल जित्नु सुखद पक्ष : आसिफ सेख
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ सेखले आयरल्याण्डको टोलीसँग दुई खेल जित्नु सुखद पक्ष रहेको बताएका छन् ।
टी–२० विश्वकप अगाडि राम्रो टोलीसँग खेल्नु र जित्नु राम्रो पक्ष हुने उनको विश्वास छ । उनले दुवै खेलमा समग्र टिम इफोर्ट देखिएको समेत बताए । सुरुवात र अन्त्यमा राम्रो ब्याटिङ हुँदा राम्रो योगफल बनाउन सफल भएको आसिफले बताए ।
नेपालका कप्तान रोहितकुमार पौडेलले आयरल्याण्ड ‘ए’ भएपनि टोली राम्रो रहेको उल्लेख गर्दै पाँच खेलाडी सिनियर टोलीबाट खेलेको बताए । उनले अवसर नपाएका खेलाडीलाई पछिल्ला खेलमा प्रयोग गर्न पाइरहेको पनि उल्लेख गरे ।
कप्तान रोहितले विश्वकप खेल्ने टोली तय नभइसकेको पनि स्पष्ट पारे । कुशल भुर्तेल र कुशल मल्ललाई बलिङमा अवसर दिनु टोलीका लागि विकल्पका रूपमा तयार पारिएको कप्तान रोहितले उल्लेख गरे । उनले भारतमा राम्रो तयारी गर्न पाए एसिसी प्रिमियर कपका लागि राम्रो हुने धारणा राखे ।
रोहितले भारतको स्टेटको टोली राम्रो रहेको पनि स्पष्ट पारे । नेपालका प्रशिक्षक मोन्टी देसाईले टेस्ट राष्ट्रको ‘ए’ टोली कमजोर नहुने उल्लेख गर्दै एसोसिएट राष्ट्रसँग सेट टोली बनाउन विकल्प कम हुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण