शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माइक्रोसफ्ट विन्डोजको प्रमुख बने पवन दाभुलुरी

बुधबार, १४ चैत २०८०, १४ : २७
बुधबार, १४ चैत २०८०

क्यालिफोर्निया । आईआईटी मद्रासका पूर्व विद्यार्थी पवन दाभुलुरी माइक्रोसफ्ट विन्डोज र सर्फेसको नयाँ प्रमुख बनेका छन् । ठुला प्रविधि कम्पनीको नेतृत्व सम्हाल्ने उनी तेस्रो भारतीय हुन् ।

यसअघि सुन्दर पिचाई अल्फावेट र यसको सहायक कम्पनी गुगलको सीईओ बनेका थिए । सत्य नडेला पनि माइक्रोसफ्टका सीईओ छन् । दाभुलुरी माइक्रोसफ्टमा २३ वर्षभन्दा बढी समयदेखि कार्यरत छन् । सरफेसका लागि प्रोसेसर बनाउन उनले क्वालकम र एएमडीसँग मिलेर पनि काम गरेका थिए ।

गएको वर्ष लामो समयदेखि कम्पनीका प्रडक्ट चिफ रहेका पानोस पनएले एमाजनको जागिरका लागि कम्पनी छाडे । विन्डोज विभागको जिम्मा लिएका मिखाइल पाराखिनले पनि कम्पनी छाडेपछि माइक्रोसफ्टले दुवै विभागको रिक्त पदको जिम्मा दाभुलुरीलाई दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप