आन्दोलनमा ज्यान गुमाएका नेता डाँगीलाई शहीद घोषणा गर्न माग
शनिबार, १५ वैशाख २०८१, १८ : १५
१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनका क्रममा निधन भएका ठाकुरप्रसाद डाँगीलाई शहीद घोषणा गर्न माग गरेको छ ।
बर्दिया मधुवन नगर अध्यक्ष स्वर्गीय डाँगीलाई शहीद घोषणाका लागि माग गरेको हो । राप्रपाले ४० बुँदे माग राखेर चैत २७ गते काठमाडौँमा गरेको आन्दोलनका क्रममा घाइते भएका डाँगीको उपचारका क्रममा निधन भएको थियो ।
शनिबार पार्टी कार्यालय धुम्बाराहीमा राप्रपा भक्तपुर जिल्ला समितिले डाँगीको १३ औ दिनको पुण्य तिथिका अवसरमा आयोजित श्रद्धाञ्जली तथा शोक सभामा राप्रपाका सांसद पशुपति शम्सेर जबराले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गर्नुपर्ने कुनै पनि कारण नरहेको बताए । उनलाई शहीद घोषणा नगरेर सडक र सदनबाट दबाब दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिकी दूतावासले भन्यो - एमसीसी पूर्ण कार्यान्वयन हुन्छ
-
साउनदेखि ईसीडी शिक्षकदेखि विद्यालय कर्मचारीसम्मको तलब बढ्ने
-
गोलरक्षक ग्रासिया बार्सिलोनामा, विलियम्सन पनि भित्र्याउने तयारी
-
स्थापित बाम नेता भरत प्रसाद साह माओवादी केन्द्रमा प्रवेश
-
नेपाल क्यान मुभ विरूद्धको राजस्व चुहावट मुद्दामा तीन जनालाई १ करोड धरौटीमा छाड्न आदेश
-
नेपालको लगातार दोश्रो जित