बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

पूर्ण नतिजाका लागि पर्सिसम्म कुर्नु नपर्ला : प्रमुख निर्वाचन आयुक्त

शनिबार, १५ वैशाख २०८१, १८ : १२
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । निर्वाचन आयोगले मतगणना थालेको १२ घण्टाभित्र अन्तिम नजिता दिन निर्देशन दिएको छ । शनिवार इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा भएको उपनिर्वाचन सम्पन्न भएको छ । 

निर्वाचन सम्पन्न भएसँगै मतपेटिका सङ्कलन गरेर राजनीतिक दलहरूको सहमतिमा मतगणना अघि बढ्ने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । उनले पर्सिसम्म दुवै क्षेत्रको मतगणना सम्पन्न हुने बताएका हुन् । 

रातोपाटीसँग कुरा गर्दै थपलियाले भने, ‘आजदेखि मतगणना थाल्ने भनेका छौँ । राजनीतिक दलहरूसँग पनि कुरा भएको छ । उहाँहरू पनि तयार नै देखिनुभएको छ । इलाममा लगभग ११ बजेसम्म सबै मतदान केन्द्रबाट एक ठाउँमा मतपेटिका आइसक्छ । उता बझाङमा भोलि बिहान १० बजेसम्म मतपेटिका एकै ठाउँ आइपुग्छ । मतगणना सुरु भएको १२ घण्टाभित्र नतिजा निकाल्नु भनेर हामीले भनेका छौँ । पूर्ण नतिजाका लागि पर्सिसम्म कुर्नु नपर्ला ।’

उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप