पूर्ण नतिजाका लागि पर्सिसम्म कुर्नु नपर्ला : प्रमुख निर्वाचन आयुक्त
काठमाडौँ । निर्वाचन आयोगले मतगणना थालेको १२ घण्टाभित्र अन्तिम नजिता दिन निर्देशन दिएको छ । शनिवार इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा भएको उपनिर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन सम्पन्न भएसँगै मतपेटिका सङ्कलन गरेर राजनीतिक दलहरूको सहमतिमा मतगणना अघि बढ्ने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । उनले पर्सिसम्म दुवै क्षेत्रको मतगणना सम्पन्न हुने बताएका हुन् ।
रातोपाटीसँग कुरा गर्दै थपलियाले भने, ‘आजदेखि मतगणना थाल्ने भनेका छौँ । राजनीतिक दलहरूसँग पनि कुरा भएको छ । उहाँहरू पनि तयार नै देखिनुभएको छ । इलाममा लगभग ११ बजेसम्म सबै मतदान केन्द्रबाट एक ठाउँमा मतपेटिका आइसक्छ । उता बझाङमा भोलि बिहान १० बजेसम्म मतपेटिका एकै ठाउँ आइपुग्छ । मतगणना सुरु भएको १२ घण्टाभित्र नतिजा निकाल्नु भनेर हामीले भनेका छौँ । पूर्ण नतिजाका लागि पर्सिसम्म कुर्नु नपर्ला ।’
उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण