रवि लामिछानेको जवाफ- विनोद चौधरीमाथि बयान लिँदा स्वतन्त्रता अतिक्रमणबारे जानकारी गराइएको छ
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले विनोद चौधरीमाथि बयान लिँदा उनको स्वतन्त्रता अतिक्रमण भएकोबारे जानकारी गराइएको बताएका छन् । बुधबार राज्यव्यवस्था समितिको बैठकमा जवाफ दिँदै गृहमन्त्री लामिछानेले चौधरीसँग बयान लिँदा उनको स्वतन्त्रता अतिक्रमण भएकोबारे जानकारी दिइएको बताएका हुन् ।
बैठकमा गृहमन्त्रीले भने, ‘विनोद चौधरीमाथि अनुसन्धानको पत्र सभामुखलाई पठाएकोमा उहाँको बयान लिँदा उहाँको स्वतन्त्रता अतिक्रमण भएकोबारे जानकारी दिइएको हो ।’ बैठकमा गृहमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफ्नो नाम जोडिएको प्रसंगमा तथ्यबिना नाम हालिएको जिकिर गरे ।
उनले भने, ‘सहकारीमा मेरो नाम मुछिएको विषयमा जहाँ मेरो नाम भनिएको छ, त्यहाँ मेरो न हस्ताक्षर छ, न ल्याप्चे छ, केवाईसी भरिएको छैन, मेरो नाममा अदालतमा मुद्दा पनि छैन । म सरकारमा आउनु अघि नै प्रहरीमा कुनै तथ्य बिना मेरो नाम हालेको कुरा मात्रै हो ।’
उनले सुरक्षाकर्मीलाई कसैको प्रतिष्ठाका लागि अगाडि पछाडि लगाएर हुने दुरुपयोग स्वीकार्य नभएको समेत बताए । गृहमन्त्रीले भने– ‘हाम्रा सुरक्षाकर्मी कसैको प्रतिष्ठाका लागि सुविधाको लागि उनीहरूको घरमा लुगा धोएर बस्दैनन् । कसैको प्रतिष्ठाका लागि अगाडि पछाडि लगाएर हुने दुरुपयोग स्वीकार्य छैन ।’
गृहमन्त्री लामिछानेले रात्रिकालीन सहर खुलाउनका लागि पहिलो कुरा सुरक्षा व्यवस्था चुस्त हुनुपर्ने बताउँदै सुरक्षा दिन सकिने अवस्था छैन भने त्यसलाई अगाडि बढाउन नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण