आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राज्य व्यवस्था समिति बैठक

रवि लामिछानेको जवाफ- विनोद चौधरीमाथि बयान लिँदा स्वतन्त्रता अतिक्रमणबारे जानकारी गराइएको छ

बुधबार, १४ चैत २०८०, १४ : ३५
बुधबार, १४ चैत २०८०

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले विनोद चौधरीमाथि बयान लिँदा उनको स्वतन्त्रता अतिक्रमण भएकोबारे जानकारी गराइएको बताएका छन् । बुधबार राज्यव्यवस्था समितिको बैठकमा जवाफ दिँदै गृहमन्त्री लामिछानेले चौधरीसँग बयान लिँदा उनको स्वतन्त्रता अतिक्रमण भएकोबारे जानकारी दिइएको बताएका हुन् । 

बैठकमा गृहमन्त्रीले भने, ‘विनोद चौधरीमाथि अनुसन्धानको पत्र सभामुखलाई पठाएकोमा उहाँको बयान लिँदा उहाँको स्वतन्त्रता अतिक्रमण भएकोबारे जानकारी दिइएको हो ।’ बैठकमा गृहमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफ्नो नाम जोडिएको प्रसंगमा तथ्यबिना नाम हालिएको जिकिर गरे ।

उनले भने, ‘सहकारीमा मेरो नाम मुछिएको विषयमा जहाँ मेरो नाम भनिएको छ, त्यहाँ मेरो न हस्ताक्षर छ, न ल्याप्चे छ, केवाईसी भरिएको छैन, मेरो नाममा अदालतमा मुद्दा पनि छैन । म सरकारमा आउनु अघि नै प्रहरीमा कुनै तथ्य बिना मेरो नाम हालेको कुरा मात्रै हो ।’ 

उनले सुरक्षाकर्मीलाई कसैको प्रतिष्ठाका लागि अगाडि पछाडि लगाएर हुने दुरुपयोग स्वीकार्य नभएको समेत बताए । गृहमन्त्रीले भने– ‘हाम्रा सुरक्षाकर्मी कसैको प्रतिष्ठाका लागि सुविधाको लागि उनीहरूको घरमा लुगा धोएर बस्दैनन् ।  कसैको प्रतिष्ठाका लागि अगाडि पछाडि लगाएर हुने दुरुपयोग स्वीकार्य छैन ।’

गृहमन्त्री लामिछानेले रात्रिकालीन सहर खुलाउनका लागि पहिलो कुरा सुरक्षा व्यवस्था चुस्त हुनुपर्ने बताउँदै सुरक्षा दिन सकिने अवस्था छैन भने त्यसलाई अगाडि बढाउन नहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप