शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले किन्यो उड्ने कारको प्रविधि

बुधबार, १४ चैत २०८०, १७ : ०३
बुधबार, १४ चैत २०८०

बेइजिङ । युरोपमा विकास र सफलतापूर्वक परीक्षण गरिएको उड्ने कारको प्रविधि चिनियाँ कम्पनीले खरिद गरेको छ । बीएमडब्लूको इन्जिन र सामान्य इन्धन प्रयोग गरिएको ‘एयरकार’ ले सन् २०२१ मा स्लोभाकियाको दुई विमानस्थलमा सफलतापूर्वक उडान र अवतरण गरेको थियो ।

कारलाई विमानमा परिणत गर्न मात्र दुई मिनेटको समय लागेको थियो । अब यही डिजाइनमा आधारित भएर निर्माण गरिएका कारहरू चीनको ‘निश्चित क्षेत्र’ मा प्रयोग गरिने बताइएको छ । चाङझाउमा मुख्यालय रहेको हेबेई जियान्सिन फ्लाइङ कार टेक्नोलोजी कम्पनीले एयरकारको निर्माण र प्रयोगको अधिकार खरिद गरेको हो । कम्पनीले कारको प्रयोगका लागि आफ्नै विमानस्थल र उडान सिकाउने विद्यालयसमेत स्थापना गरिसकेको छ । 

विद्युतीय कारमा क्रान्ति नै गरेको चीनले अब उड्ने कार विकास गर्ने दिशामा अघि बढेको छ । गत महिना अटोफ्लाइट नामक कम्पनीले यात्रुवाहक ड्रोनको शेनझेन र झुहाई सहरबिच परीक्षण उडान गरेको थियो । सामान्य कारबाट तीन घण्टा समय लाग्ने दुरी मात्र २० मिनेटमा पूरा गरिएको थियो । यद्यपि, उक्त ड्रोनमा यात्रुहरू भने थिएनन् । -बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप