शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

काठमाडौँ उपत्यकामा आज पनि वर्षा, तस्बिरमा हेर्नुहोस्

बिहीबार, १५ चैत २०८०, १२ : ०५
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यका लगायतका विभिन्न स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण काठमाडौँ लगायतका स्थानमा वर्षा भइरहेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

barsa (1)

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा मध्यरातिदेखि नै वर्षा भइरहेको छ ।‘लगातार होइन, रोकिने, फेरि पानी पर्ने क्रम जारी छ । ठूलो वर्षा होइन, हल्का वर्षा भई नै रहेको छ।’

उनका अनुसार आज पनि दिनभर नै उपत्यकाको मौसम खुल्ने सम्भावना देखिएको छैन। ‘बिच बिचमा बादल फाट्न खोजे पनि फेरि आइहाल्छ । दिनभरजसो नै पानी पर्ने रोकिने र फेरि पर्ने क्रम जारी रहने सम्भावना देखिन्छ।’ 

तीन–चार दिनयता देशभरजसो नै मौसम बदली र वर्षा हुने क्रम जारी छ। योसँगै काठमाडौँ उपत्यकाको मौसम पनि खुल्न सकेको छैन।

barsa (2)barsa (3)barsa (4)barsa (5)barsa (6)barsa (7)barsa (8)barsa (9)barsa (10)barsa (11)barsa (12)barsa (13)barsa (14)barsa (15)barsa (16)barsa (17)barsa (18)barsa (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप