सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार
शुक्रबार, १६ चैत २०८०, ११ : ००
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले १ लाख ३० हजारको नयाँ कीर्तिमानी कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप २ हजार एक सय रुपैयाँले बढ्दै १ लाख ३० हजार रुपैयाँ कायम भएको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ हजार एकसय रुपैयाँले नै बढ्दै १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ५ सय १० रुपैयाँमा करोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण