प्रथम नेशनल हर्टिकल्चर एक्स्पो सुरु
शुक्रबार, १६ चैत २०८०, ११ : ४४
काठमाडौँ । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा पहिलो नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरु भएको छ । भृकुटीमण्डपमा आज देखि १९ गतेसम्म एक्स्पो हुने भएको हो।
एक्स्पोमा व्यवसायीक स्टल ७४ वटा, फुड स्टल ४ वटा , अफिसियल स्टल ७ वटा, प्रतिस्पर्धाको स्टल ५ वटासहित जम्मा ९० वटा स्टल रहेको आयोजकले जनाएको छ ।
नर्सरी व्यवसायी सङ्घ नेपालका अध्यक्ष रामजी तिमिल्सिनाका अनुसार मेलामा पुष्प नर्सरी, फलफूल नर्सरी, जडीबुटी नर्सरी र कृषि तथा वन नर्सरी गरी चार विधाका नर्सरीहरू प्रदर्शनीमा राखिएका छन् ।
मेलामा सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थी र ज्येष्ठ नागरिकको लागि ५० रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजक पक्षले जनाएको छ । मेलामा ५० हजार जनाले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण