सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रथम नेशनल हर्टिकल्चर एक्स्पो सुरु

शुक्रबार, १६ चैत २०८०, ११ : ४४
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा पहिलो नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरु भएको छ ।   भृकुटीमण्डपमा आज देखि १९ गतेसम्म एक्स्पो हुने भएको हो।

एक्स्पोमा व्यवसायीक स्टल ७४ वटा, फुड स्टल ४ वटा , अफिसियल स्टल ७ वटा, प्रतिस्पर्धाको स्टल ५ वटासहित जम्मा ९० वटा स्टल रहेको आयोजकले जनाएको छ ।

नर्सरी व्यवसायी सङ्घ नेपालका अध्यक्ष रामजी तिमिल्सिनाका अनुसार मेलामा पुष्प नर्सरी, फलफूल नर्सरी, जडीबुटी नर्सरी र कृषि तथा वन नर्सरी गरी चार विधाका नर्सरीहरू प्रदर्शनीमा राखिएका छन् ।

मेलामा सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थी र ज्येष्ठ नागरिकको लागि ५० रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजक पक्षले जनाएको छ । मेलामा ५० हजार जनाले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप