शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

इजरायलले प्यालेस्टाइनमा गरेको दमनको विरोधमा चिकित्सकहरुको प्रदर्शन (तस्बिरहरु)

शुक्रबार, १६ चैत २०८०, १४ : २०
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । इजरायल सरकारले प्यालेस्टाइनमा गरेको मानवसंहार, मानवता विरुद्धको अपराध र युद्धको समय त्यहाँ कार्यरत स्वास्थ्यकर्मी माथि गरेको क्रूर दमनको विरोधमा नेपाली चिकित्सक र स्वास्थ्यकर्मीले‌ शान्तिपूर्ण प्रदर्शन गरेका छन्। शुक्रबार टिचिङ अस्पतालबाट मार्च पास गर्दै उनीहरुले इजरायल दूतावास अगाडि प्रदर्शन गरेका हुन्।

pradrasan (1)

‘हामी नेपाली चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी र अन्य विभिन्न स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै नेपाली तर्फबाट इजरायल सरकारले प्यालेस्टाइनका नागरिक माथि देखाएको कुर बर्बरताको घोर भर्त्सना गर्दछौँ’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अक्टोबर ७ देखि गाजामा सुरु भएको इजरायली कारबाहीमा ६८५ स्वास्थ्यकर्मीको मृत्यु भएको छ र हजारौँ घाइते भएका छन्। इजरायलको युद्धको परिणाम स्वरूप, गत पाँच महिनामा ३१,००० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् । जसमध्ये अधिकांश महिला र बालबालिका छन्।

pradrasan (2)pradrasan (3)pradrasan (4)pradrasan (5)pradrasan (6)pradrasan (7)pradrasan (8)pradrasan (9)pradrasan (10)pradrasan (15)pradrasan (16)pradrasan (17)pradrasan

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप