लुम्बिनीमा विराट चक्रविज्ञान कार्यक्रम सुरु
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि विराट चक्रविज्ञान (ध्यान) कार्यक्रम सुरु भएको छ । लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय ध्यान कक्षमा नेपालसहित १५ मुलुकका नागरिकहरूको उपस्थितिमा चक्रविज्ञान (ध्यान) कार्यक्रम सुरु भएको हो ।
एकैसाथ ५ हजार जनाको उपस्थिति हुने दाबी गरिएको विराट चक्रविज्ञान कार्यक्रम ७ दिनसम्म सञ्चालन हुनेछ । जीवन विज्ञान प्रतिष्ठान लुम्बिनीका संयोजक केशव खनालले यस कार्यक्रमलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत दर्ता गरिने बताए ।
यसप्रकारको कार्यक्रम यसअघि अस्ट्रेलियामा आयोजना भएको र त्यहाँ १४७१ जना उपस्थित भएका थिए । अस्ट्रेलियामा सो कार्यक्रम ३ दिन मात्रै आयोजना भएको खनालले बताए । जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा चैत्र २३ गतेसम्म हुने याे कार्यक्रममा अहिलेसम्मकै ठुलो सङ्ख्यामा उपस्थिति हुने आयोजक पक्षको दाबी छ ।

भगवान् गौतम बुद्धको ‘अप्प दिपो भव’ अर्थात तिमी आफ्नो प्रकाश आफैँ बन भन्ने स्व-जागरणको उपदेशलाई सार्थक बनाउन कार्यक्रम आयोजना गरिएको उनले बताए । व्यक्तिभित्र रहेका स्वास्थ्य सुख, आत्मविश्वास, प्रेम, ज्ञान, सङ्कल्प र आनन्दको अदभूत क्षमता तथा सम्भावनालाई उजागर गरी सुखी, शान्त र समृद्ध राष्ट्रको आधार तयार पार्न यस्ता कार्यक्रमले सहयोग गर्ने खनालको भनाइ छ ।
कार्यक्रमबाट विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल र उनले दिएका ध्यानको शिक्षालाई सामूहिक रूपमा विश्वमाझ फैल्याउन सहयोग पुग्ने उनले बताए । यस्ता कार्यक्रमले नेपाललाई उत्कृष्ट आध्यात्मिक पर्यटकीय गन्तव्य स्थल बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण