इसाई धर्मावलम्बीले मनाए ईस्टर सन्डे (तस्बिरहरु)
काठमाडौँ । विश्वभरका इसाई धर्मावलम्बीले आज ईस्टर सन्डे मनाउँदै छन् । इस्टर सन्डेको अवसरमा आज एक र्यालीको आयोजना गरिएको छ । काठमाडौँका विभिन्न स्थानबाट सुरु भएको र्याली भृकुटीमण्डप पुगेर कार्यक्रममा परिणत भएको छ ।
इसाई धर्मगुरु यशुलाई क्रसमा चढाइएको ३ दिन पछि उनको शरीरमा आत्मा पुनः जागृत भएको भन्ने विश्वासका साथ ईस्टर सन्डे मनाइन्छ । बाइबलमा उल्लेख भए अनुसार हजारौँ साल पहिला शुक्रबारको दिन यशुको यरुशलमको पहाडमा क्रसमा चढाइएको थियो । त्यसको ३ दिन पछि उनी पुनः जीवित भएका थिए । त्यस दिन आइतबार परेको थियो ।
इस्टर सन्डेलाई यशुको पुनर्जन्म भएको दिनको रूपमा पनि लिने गरिन्छ । यसरी इस्टर सन्डेमा पुनः जीवित भएका यशु थप ४० दिनसम्म बाँचेको र त्यस समय कालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको उल्लेख छ । त्यसैले आजको दिन इसाई धर्मावलम्बीले अण्डाको विशेष सजावट गरेर एक अर्कालाई उपहार स्वरूप दिन्छन् जसलाई नयाँ जीवनको सुरुवातको रूपमा लिने गरिन्छ ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण