बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
धर्म

इसाई धर्मावलम्बीले मनाए ईस्टर सन्डे (तस्बिरहरु)

आइतबार, १८ चैत २०८०, १० : ३९
आइतबार, १८ चैत २०८०

काठमाडौँ । विश्वभरका इसाई धर्मावलम्बीले आज ईस्टर सन्डे मनाउँदै छन् । इस्टर सन्डेको अवसरमा आज एक र्‍यालीको आयोजना गरिएको छ । काठमाडौँका विभिन्न स्थानबाट सुरु भएको र्‍याली भृकुटीमण्डप पुगेर कार्यक्रममा परिणत भएको छ । 

इसाई धर्मगुरु यशुलाई क्रसमा चढाइएको ३ दिन पछि उनको शरीरमा आत्मा पुनः जागृत भएको भन्ने विश्वासका साथ ईस्टर सन्डे मनाइन्छ । बाइबलमा उल्लेख भए अनुसार हजारौँ साल पहिला शुक्रबारको दिन यशुको यरुशलमको पहाडमा क्रसमा चढाइएको थियो । त्यसको ३ दिन पछि उनी पुनः जीवित भएका थिए । त्यस दिन आइतबार परेको थियो । 

इस्टर सन्डेलाई यशुको पुनर्जन्म भएको दिनको रूपमा पनि लिने गरिन्छ । यसरी इस्टर सन्डेमा पुनः जीवित भएका यशु थप ४० दिनसम्म बाँचेको र त्यस समय कालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको उल्लेख छ । त्यसैले आजको दिन इसाई धर्मावलम्बीले अण्डाको विशेष सजावट गरेर एक अर्कालाई उपहार स्वरूप दिन्छन्  जसलाई नयाँ जीवनको सुरुवातको रूपमा लिने गरिन्छ ।

1711859552221171185955223217118595522351711859552238171185955224517118595522521711859552264171185955226817118595522721711859552279171185955228217118595522921711859552354171185955236017118595523851711859552389

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप