२८ दशमलव ९ प्रतिशतले बढे विदेशी पर्यटक
काठमाडौँ । यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो ।
गत वर्षको मार्चमा कुल ९९ हजा्र चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन् । मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । भारतबाट सो अवधिमा ३० हजार छ सय ९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको सङ्ख्या भने १२ हजार ९३ छ ।
बोर्डका अनुसार सो अवधिमा अमेरिकाबाट १० हजार सात सय ७३ र बेलायतबाट सात हजार दुई सय ४१ जना, श्रीलङ्काबाट पाँच हजार सात सय ४१, जर्मनीबाट पाँच हजार दुई सय ५५, थाइल्याण्डबाट चार हजार तीन सय ४५, फ्रान्सबाट तीन हजार दुई सय ४० र म्यानमारबाट तीन हजार एक सय ३१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।
क्षेत्रीय हिसाबले हेर्दा एसिया (सार्क)बाट ४० हजार सात सय २७, एसिया (अन्य)बाट २८ हजार छ सय ४८, यू्रोपबाट २७ हजार पाँच सय ८२, ओसनियाबाट चार हजार सात सय ८० र क्यानडा र अमेरिकाबाट १२ हजार छ सय १४ जना पर्यटक नेपाल आएका छन् ।
यस वर्षको जनवरीमा ७९ हजार एक सय र फेब्रुअरीमा ९७ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार सात सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमो सन् २०२४ को पहिलो तीन महिनामा तीन लाख चार हजार छ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन ३३ दशमलव ७८ प्रतिशतले बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण