शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
टी-२० खेल

आयरल्यान्ड ‘ए’ विरुद्ध आरिफ शेखको अर्धशतक

सोमबार, १९ चैत २०८०, १४ : ०९
सोमबार, १९ चैत २०८०

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी-२० खेलमा सोमबार नेपाल ‘ए’ का ब्याट्सम्यान आरिफ शेखले अर्धशतक बनाएका छन् ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले २९ बलमा तीन छक्का र तीन चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् । आरिफ शेखलाई अविजित १२ रन बनाउँदै पवन सर्राफले साथ दिइरहेका छन् ।

आरिफ शेखले अर्धशतक पुरा गर्दा नेपालले १३.३ ओभरमा चार विकेट गुमाएर एक सय १५ रन बनाएको छ । नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप