शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मार्चमा १ लाख २८ हजार पर्यटक भित्रिए, सबैभन्दा बढी भारतबाट

सोमबार, १९ चैत २०८०, १४ : ५०
सोमबार, १९ चैत २०८०

काठमाडौँ । पछिल्लो महिना पर्यटक आगमनमा निकै उत्साह देखिएको छ । अध्यागमन विभागका अनुसार मार्च, २०२४ मा १ लाख २८ हजार १६७ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । 

यो कोभिड–१९ पूर्वको आगमन सङ्ख्याको तुलनामा थप १ प्रतिशतको वृद्धि हो । सन् २०१९ को मार्चमा १ लाख २७ हजार ३५१ जना पर्यटक नेपाल भित्रिएका थिए । 

यसैगरी सन् २०२३ (अघिल्लो वर्ष ) को यसै अवधिको तुलनामा अधिकतम ३० प्रतिशतले पर्यटक आगमन बढेको हो । सन् २०२३ को मार्चमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । 

  • कुन देशबाट कति पर्यटक भित्रिए ?

तथ्याङ्कलाई हेर्दा समीक्षा अवधिमा नेपाल भित्रिने कूल पर्यटकहरूमध्ये सबैभन्दा बढी दक्षिण एसियाली मुलुकहरूबाटै बढी देखिन्छ । सार्क मुलुकहरूबाट यो महिना ४० हजार ७२७ जना पर्यटक नेपाल भित्रिएका छन् । 

यस अवधिमा सबैभन्दा बढी भारतबाट ३० हजार ६९८ जना पर्यटक नेपाल आएका छन् भने श्रीलङ्काबाट ५ हजार ७४१ जना, बङ्गलादेशबाट २ हजार ९४६ जना, भुटानबाट ९९७ जना र पाकिस्तानबाट ३४५ जना आएका छन् । 

यस्तै अन्य एसियन मुलुकहरूबाट २८ हजार ६४८ जना पर्यटक भित्रिएकामा चीनबाट १२ हजार ९३ जना, थाइल्याण्डबाट ४ हजार ५६७ जना, म्यानमारबाट ३ हजार १३१ जना, दक्षिण कोरियाबाट २ हजार ८८९ जना र जापानबाट २ हजार ६४८ जना नेपाल आएका छन् । 

यसैगरी युरोपियन मुलुकहरूबाट २७ हजार ५८२ जना पर्यटक भित्रिराख्दा बेलायतबाट ७ हजार २४१ जना पर्यटक आउँदा जर्मनीबाट ५ हजार २५५ जना, फ्रान्सबाट ३ हजार २४० जना, इटालीबाट १ हजार ५८१ जना नेपाल भित्रिएका छन् । 

यस्तै सामुद्रिक मुलुकहरू अस्ट्रेलिया, न्युजिल्याण्ड लगायतका मुलुकहरूबाट ४ हजार ७८० जना पर्यटक भित्रिएका छन् भने अमेरिकी मुलुकहरूबाट १२ हजार ६१४ जना पर्यटक भित्रिएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप