बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड बक्सअफिसका लागि खराब रह्यो २०२४ को सुरुवात

सोमबार, १९ चैत २०८०, १७ : ४१
सोमबार, १९ चैत २०८०

मुम्बई । सन् २०२४ बलिउड फिल्मका लागि त्यति राम्रो नहुने देखिएको छ  । २०२३ मा ४ फिल्मले ५०० करोड पारगरेपछि २०२४ निकै आस गरिएको थियो । 

अप्रिल महिना सुरु भएसँगै यो वर्षको पहिलो तीन महिना बितेको छ । तर कुनैपनि एक फिल्मले ५०० करोडको आँकड छुन सकेको छैन ।

साउथमा भने फिल्म ‘हनुमान’ले विश्वभरबाट अहिलेसम्म ३ सय ३० करोडकोको व्यवसाय गरेको छ । २०२४ को पहिलो तीन महिनामा ११ फिल्म रिलिज भएको छ । ती सबै फिल्मको कलेक्सन मिलाउँदा पनि जनवरी २०२३ मा रिलिज भएको ‘पठान’को भारतीय कलेक्सन छुन सकेको छैन ।

गत वर्षको पहिलो तीन महिनामा बलिउडले करिब १५०८ करोड रुपैयाँ कमाएको थियो । जसमा ‘पठान’को आम्दानी सबैभन्दा बढी थियो । २५ जनवरीमा रिलिज यो फिल्मले भारतीय बक्स अफिसमा मात्र ६५४ करोड कमाएको थियो, भने संसारभरबाट १०५० करोड कमाएको छ ।

यो वर्ष जनवरीदेखि मार्चसम्म १३ बलिउड फिल्म रिलिज भयो । यी मध्य टप ११ फिल्मले संसारभरबाट ८९९.९४ करोड कमाएको छ । भारतीय बक्सअफिसमा यी फिल्मका कलेक्सन ६१०.५५ करोड रहेको छ ।

यसमा जनवरीमा रिलिज ऋतिक रोशन र दीपिका पादुकोण अभिनीत फिल्म पनि छ । जसले संसारबाट ३३७ करोडको कमाएको छ । यो २०२४ मा रिलिज फिल्म मध्य धेरै कमाउने फिल्म हो । अहिलेसम्म दोस्रो नम्बरमा शाहिद कपुर र कृति सेनन अभिनीत ‘तेरी बातो मे ऐसा उलझा जिया’ रहेको छ । जसको कलेक्सन १३३.४९ छ । तेस्रो स्थानमा अजय देवगन र आर माधवन स्टारर ‘शैतान’ छ । जसले बक्सअफिसमा १८७ करोड कमाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप