बलिउड बक्सअफिसका लागि खराब रह्यो २०२४ को सुरुवात
मुम्बई । सन् २०२४ बलिउड फिल्मका लागि त्यति राम्रो नहुने देखिएको छ । २०२३ मा ४ फिल्मले ५०० करोड पारगरेपछि २०२४ निकै आस गरिएको थियो ।
अप्रिल महिना सुरु भएसँगै यो वर्षको पहिलो तीन महिना बितेको छ । तर कुनैपनि एक फिल्मले ५०० करोडको आँकड छुन सकेको छैन ।
साउथमा भने फिल्म ‘हनुमान’ले विश्वभरबाट अहिलेसम्म ३ सय ३० करोडकोको व्यवसाय गरेको छ । २०२४ को पहिलो तीन महिनामा ११ फिल्म रिलिज भएको छ । ती सबै फिल्मको कलेक्सन मिलाउँदा पनि जनवरी २०२३ मा रिलिज भएको ‘पठान’को भारतीय कलेक्सन छुन सकेको छैन ।
गत वर्षको पहिलो तीन महिनामा बलिउडले करिब १५०८ करोड रुपैयाँ कमाएको थियो । जसमा ‘पठान’को आम्दानी सबैभन्दा बढी थियो । २५ जनवरीमा रिलिज यो फिल्मले भारतीय बक्स अफिसमा मात्र ६५४ करोड कमाएको थियो, भने संसारभरबाट १०५० करोड कमाएको छ ।
यो वर्ष जनवरीदेखि मार्चसम्म १३ बलिउड फिल्म रिलिज भयो । यी मध्य टप ११ फिल्मले संसारभरबाट ८९९.९४ करोड कमाएको छ । भारतीय बक्सअफिसमा यी फिल्मका कलेक्सन ६१०.५५ करोड रहेको छ ।
यसमा जनवरीमा रिलिज ऋतिक रोशन र दीपिका पादुकोण अभिनीत फिल्म पनि छ । जसले संसारबाट ३३७ करोडको कमाएको छ । यो २०२४ मा रिलिज फिल्म मध्य धेरै कमाउने फिल्म हो । अहिलेसम्म दोस्रो नम्बरमा शाहिद कपुर र कृति सेनन अभिनीत ‘तेरी बातो मे ऐसा उलझा जिया’ रहेको छ । जसको कलेक्सन १३३.४९ छ । तेस्रो स्थानमा अजय देवगन र आर माधवन स्टारर ‘शैतान’ छ । जसले बक्सअफिसमा १८७ करोड कमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण