चार दिने हर्टिकल्चर एक्स्पो सम्पन्न, १ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजना गरेको चार दिने पहिलो नेशनल हर्टिकल्चर एक्स्पो २०८० सम्पन्न भएको छ । भृकुटीमण्डपमा आयोजित सो मेलामा १ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको थियो । तर लक्ष्यभन्दा बढी १ करोड १० हजार रुपैयाँको कारोबार भएको हो ।
मेलामा ५० हजार जनाले अवलोकन गर्ने भनिए पनि ५२ हजारभन्दा बढीले अवलोकन गर्दा १ करोड १० रुपैयाँको कारोबार भएको मेला संयोजक रामजी कुँवरले बताए ।
मेलामा पुष्प नर्सरी, फलफूल नर्सरी, जडीबुटी नर्सरी र कृषि तथा वन नर्सरी गरी चार विधाका नर्सरीहरू प्रदर्शनीमा राखिएका थिए । सो मेला विद्यार्थी, कृषि विज्ञ, सर्वसाधारण र पुष्प, फलफूल, जडीबुटी तथा वन नर्सरीसँग चासो राख्ने व्यक्तिले प्रत्यक्ष अवलोकन गरेको कुँवरले बताए ।
एक्स्पोमा व्यवसायीक स्टल ७४ वटा, फुड स्टल ४ वटा, अफिसियल स्टल ७ वटा, प्रतिस्पर्धाको स्टल ५ वटासहित जम्मा ९० वटा स्टल थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण