सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा ३५ प्रतिशत लाभांश घोषणा

बुधबार, २१ चैत २०८०, ११ : ४६
बुधबार, २१ चैत २०८०

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/८० को नाफाबाट अधिकतम ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  २०८० चैत २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्षको नाफाबाट हाल कायम कम्पनीको चुक्ता पूँजीको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

तत्कालीन सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्जर भएर बनेको सूर्यज्योति लाइफ इन्स्यारेन्सको हाल कूल चूक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार एक सय रुपैयाँ रहेको छ ।  यस बराबर कम्पनीले बोनस सेयरका लागि ४६ करोड ६३ लाख ७५ हजार ६९७ रुपैयाँ ४६ पैसा बराबरको ४६ लाख ६३ हजार ७५७ कित्ता सेयर वितरण गर्नेछ भने नगद लाभांशका लागि १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७ रुपैयाँ ५४ पैसा खर्च गर्नेछ । 

प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

SJLIC
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप