उम्मेदवार टुंग्याउन कांग्रेस संसदीय बोर्ड बैठक बूढानीलकण्ठमा

काठमाडौँ । उपनिर्वाचनका उम्मेदवार टुंग्याउन नेपाली कांग्रेस संसदीय बोर्डको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा उपनिर्वाचनका उम्मेदवार टुंग्याउन बोर्डको बैठक बसिरहेको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।
कांग्रेस संसदीय बोर्डमा १३ जना पदाधिकारीमा सीमित छ । पदाधिकारीहरू पदेन सदस्य हुन भने सभापति देउवाले बाँकी सदस्य मनोनीत गर्न सकेका छैनन् । संसदीय बोर्डको बैठकपछि आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर उम्मेदवारको नाम अनुमोदन गर्ने छ ।
उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा छन् । आगामी वैशाख १५ मा हुने इलाम—२ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको छ । इलाम— २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त छ । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् ।
यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको नेताहरू बताउँछन् । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष
-
नेपालकै पहिलो नवग्रह मन्दिर पुगे कांग्रेस महामन्त्री थापा
-
भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना
-
गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो
-
‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो