सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

इन्दिरा आईभीएफले पायो आफ्नो पहिलो तीन आईभीएफ केसहरूमा सफलता

बुधबार, २१ चैत २०८०, २० : ३४
बुधबार, २१ चैत २०८०

काठमाडौँ । इन्दिरा आईभीएफले एक महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा तीन दम्पतीहरूको गर्भावस्थाको पुष्टि गर्दै आफ्नो पहिलो तीन इन भिट्रो फर्टिलाइजेसन केसहरूको सफलताको घोषणा गरेको छ। 

पहिलो केसमा, एक २६ वर्षीया महिला पहिलेदेखि नै रहेको मुटुको समस्या, अन्य स्वास्थ्य समस्याहरू र अघिल्लो गर्भपातको कारण तीन वर्षदेखिको बाँझोपनको पीडाको सामना गर्दै आएकी थिइन् । प्रारम्भिक जाँचमा उनीसँग सामान्य भन्दा कम अण्डाहरू रहेको सङ्केत स्वरूप एन्टी-मुलेरियन हर्मोन (एएमएच) को स्तर कम देखिएको थियो।

दोस्रो केसमा, एक ४२ वर्षीया महिलाले रजोनिवृत्ति र एएमएच अति कम स्तरमा पुग्दा सात वर्षदेखि जटिल बाँझोपनसँग सङ्घर्ष गर्दै आएकी थिइन्। आईयुआईको चार चक्र र आईभीएफको एक चक्रको असफल प्रयासपछि उनी सहयोग खोज्दै क्लिनिकमा आइपुगेकी थिइन्। 

त्यस्तै, तेस्रो केस ४४ वर्षीया रजोनिवृत्तिमा प्रवेश गरेकी महिलाको थियो जसमा डिम्बाशय सामान्यभन्दा सानो हुने बाइल्याटरल एट्रोफिक ओभरीको समस्या रहेको थियो। केही असफल आईयूआई प्रयासहरू समावेश रहेको उनको मेडिकल हिस्ट्री अनुसार उनको श्रीमानमा पनि शुक्राणु सङ्ख्या कम हुने एजुस्पर्मियाको समस्या थियो। यसले पनि उनीहरूको प्रजनन समस्यामा थप जटिलता थपेको थियो। उमेर र अति कम एएमएच स्तरका कारण उनको प्राकृतिक प्रजनन क्षमतामा ह्रास आएको थियो। 

वरिष्ठ प्रजनन विशेषज्ञ र इन्दिरा आईभीएफकि केन्द्र प्रमुख डा. नेहा होमागाईको नेतृत्वमा रहेको टोलीले यी दम्पतीहरूले लामो समयदेखि भोगिरहेको भावनात्मक र शारीरिक कष्टलाई विचार गरेर ती दम्पतीका लागि उनीहरूको विशिष्ट चिकित्सा पृष्ठभूमि अनुरूप नै पर्सनालाइज्ड आईभीएफ योजनाहरू प्रदान गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप