बजेट विनियोजनको प्राथमिकतालाई पुनःसंरचना गरी विकासको दिशा सच्याउन आवश्यक : अर्थसचिव पुस्कर
काठमाडौँ । अर्थसचिव डा.कृष्णहरी पुस्करले बजेट विनियोजनको प्राथमिकतालाई पुनःसंरचना गरी विकासको दिशा नै सच्याउन आवश्यक रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सचिव पुस्करले विगतका बजेट निर्माण गर्दा मुलुकको आवश्यकता र प्राथमिकता भन्दा बाहिर बजेट विनियोजन गर्दा समग्र विकासका परिदृश्यहरु अफ्ठ्यारोमा परेको दाबी गरे । उनले विगतका बजेटमा कष्ट बेनिफिटको विश्लेषण नगरी प्राथमिक क्षेत्र निर्धारण गर्दा अहिले समस्या भइरहेको बताए । उनले बजेट प्राथमिकताको पुनःसंरचना गरेर विकासको दिशा नै करेक्सन गरी आवश्यक क्षेत्रमा बजेट व्यवस्थापन अहिलेको आवश्यकता रहेको बताए ।
अर्थसचिव पुस्करले राजमार्गमा कति रकम छुट्याउने विषय भौतिक मन्त्रालयकै जिम्मामा रहेको भन्दै आगामी आर्थिक वर्षको बजेटमा भौतिक मन्त्रालयले भनेका आयोजनाहरूमा स्रोत सुनिश्चितता अर्थ मन्त्रालयले गरिसकेको बताए । उनले अर्थ मन्त्रालयले मुलुकको क्षमता र उपलब्ध स्रोतका आधारमा स्रोत सुनिश्चितता गरेको भन्दै हुलाकी राजमार्गमा आवश्यकताअनुसार मात्रै स्रोत सुनिश्चितता गर्नसक्ने जिकिर गरे ।
अर्थसचिव पुस्करले सरकारको नियमित खर्च तलब भत्ता र सामाजिक सुरक्षा भत्ताको दायित्व वृद्धि हुँदा मुलुकको अर्थतन्त्र दबाबमा रहेको बताए । उनले राजश्व परिचालनमा पनि सरकार चापमा रहेको स्वीकार गरे । उनले विश्वव्यापी अर्थतन्त्रका समस्याहरूको चाप नेपालको अर्थतन्त्रमा पनि परेको कारण अर्थतन्त्र पूर्णरुपमा तङ्ग्रि नसकेको उल्लेख गरे । गत वर्षको तुलनामा समग्र अर्थतन्त्र सबलीकरण भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण