मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

आजपाले शनिबार काठमाडौँमा जनप्रदर्शन गर्ने

शुक्रबार, २३ चैत २०८०, १८ : ००
शुक्रबार, २३ चैत २०८०

  काठमाडौँ ।  आम जनता पार्टी (आजपा)ले जनआन्दोलन दिवसको अवसरमा शनिबार काठमाडौँमा जनप्रदर्शन गर्न लागेको छ । आजपाका अध्यक्ष प्रभु साहले प्रदर्शनका सम्पूर्ण कार्यक्रम पूरा भएको जानकारी दिए । 
 अहिलेको व्यवस्था खासगरी दलतन्त्र र भ्रष्टाचारको विरुद्धमा बृहत्त जनप्रदर्शन गर्ने कार्यक्रम तय भएको उनको भनाइ छ ।

प्रदर्शनपछि भृकुटीमण्डपमा हुने कोणसभालाई साहलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।  जनप्रदर्शनलाई व्यवस्थित गर्नका लागि सो पार्टीले यसअघि नै विभिन्न समितिहरू गठन गरेको थियो । जसअनुसार  वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहको संयोजकत्वमा व्यवस्थापन समिति, उपाध्यक्ष अरुण घिसिङ र उपमहासचिव चन्द्र भूषण साह सम्मिलित प्रचार प्रसार समिति र महासचिव त्रिभुवन साहको संयोजकत्वमा जनपरिचालन समिति गठन भएको थियो । 

आजपाले भ्रष्टाचार, अनियमितता, कुशासनलगायतका विरुद्धमा निरन्तर प्रदर्शन एवं विरोधका कार्यक्रम गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप