मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

उत्पीडित वर्गको पहिचान र सम्मानका लागि सधैँ सङ्घर्षको अग्रभागमा लड्छौँ : आजपा

आइतबार, २५ चैत २०८०, १७ : ५८
आइतबार, २५ चैत २०८०

काठमाडौँ । आम जनता पार्टी (आजपा)ले उत्पीडित वर्ग र समुदायको पहिचान र सम्मानका लागि सदैव सङ्घर्षको अग्रभागमा लड्ने प्रतिबद्धता जनाएको छ । 

सो पार्टीका प्रवक्ता चन्द्र भूषण साहले आइतबार जारी गरेको विज्ञप्तिमा शनिवार काठमाडौँमा भएको जनप्रदर्शन सफल भएको जिकिर गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् । 

 प्रतिक्रियावादी शक्ति केन्द्रहरूको षड्यन्त्र र घेराबन्दी तथा प्रहरी प्रशासनको अवरोध एवं असहयोगका बाबजुद पनि व्यापक जनसहभागिताका साथ पार्टी अध्यक्ष  प्रभु साहको उपस्थितिमा सम्पन्न भएको उनले बताए । 

जनप्रदर्शनमार्फत जनआन्दोलनका प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै वर्तमान लुटकारी दलतन्त्र विरुद्ध तेस्रो जनआन्दोलनको शंखनाद समेत गरेको उनले बताए । 

‘त्यसैगरी, काठमाडौँमा खुद्रा व्यापारी, कबाडी, सुकुम्बासी र गारमेंट लगायतका मेहनतकश श्रमजीवीहरूको पक्षमा सुरक्षा प्रदान गर्न सशक्त प्रतिवाद गर्ने तथा महिला, मधेसी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारु सहितका सीमान्तकृत एवं अल्पसंख्यक शोषित उत्पीडित वर्ग र समुदायको पहिचान र सम्मानका लागि सदैव सङ्घर्षको अग्रभागमा लड्ने प्रतिबद्धता व्यक्त गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप