शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
बझाङ १ उपनिर्वाचन

उम्मेदवारी फिर्ता लिने विषयमा माओवादीको बैठक

मङ्गलबार, २७ चैत २०८०, ११ : ०३
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । बझाङ प्रदेश सभा १ उम्मेदवारी फिर्ता लिने कि नलिने विषयमा माओवादी केन्द्रको बैठक बसिरहेको छ । बैशाख १५ गते हुने उपनिर्वाचनमा माओवादीले जनकराज बुढालाई उम्मेदवार बनाएको थियो । निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय निर्धारण गरेको छ । 

सोही विषयमा निर्णय लिन प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल, प्रदेश अध्यक्ष हरिराम चौधरी, सुदूरपश्चिममा उपलब्ध रहेका केन्द्रीय सदस्यहरूको बैठक बझाङमा बसिरहेको केन्द्रीय सदस्य ओमप्रकाश पुनले जानकारी दिए । पुनले केन्द्रबाट उम्मेदवारी फिर्ता लिने विषयमा कुनै निर्देशन नआएको बताएका छन् । 

‘प्रदेश इन्चार्जसहित हामी अहिले बैठक बसिरहेका छौँ । उम्मेदवारी फिर्ता लिने विषयमा केन्द्रबाट कुनै निर्देशन आएको छैन । फिर्ता लिने निर्देशन नआएमा एक्लै निर्वाचनमा भाग लिन्छौँ’, उनले भने । 

बझाङमा माओवादीले जनकराज बुढालाई उम्मेदवार बनाएको छ ।  एमालेले जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उठाएको छ । गठबन्धन घटक एकीकृत समाजवादीले दिलबहादुर सिंह र जसपाले रामबहादुर जाग्रीलाई उम्मेदवार बनाएको छ । यसअघि इलाम २ मा माओवादीले एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप