‘वर एन्ड बधू’मा कुसुमको इन्ट्री
काठमाडौँ । गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’मा फूलमायाको भूमिकाबाट चर्चा छाएकी मोडल कुसुम शर्मा फिल्म ‘वर एन्ड बधू’मा अभिनेत्रीको रूपमा देखिने भएकी छन् ।
निर्देशक मिलन चाम्सले फिल्मको अभिनेत्रीको रूपमा कुसुम भित्रिएको जानकारी दिए । तर उनको भूमिका भने खुलाइएको छैन । पहिलो चरणको छायाङ्कन सकिएको फिल्मको दोस्रो चरणको छायाङ्कन वैशाखको ३ गतेबाट सुरु हुनेछ । शर्मा दोस्रो चरणको छायाङ्कनमा सहभागी हुनेछिन् ।
अभिनेत्री आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहने फिल्मको पहिलो चरणको छायाङ्कन रोमानियामा गरिएको थियो ।
शर्मा यस अगाडि फिल्म ‘सञ्जीवनी’मा अभिनेत्रीको रूपमा अनुबन्धित भएकी थिइन् । फिल्म निर्माण अलमल हुँदा उनी त्यसै रहेकी छन् । अहिले हेर्दा ‘सञ्जीवनी’ भन्दा ‘बर एन्ड बधू’ पहिले हुने देखिएको छ ।
हिमाल केसीको द्वन्द्व, सुदिप बरालको छायाङ्कन रहने फिल्ममा सृष्टि श्रेष्ठ, हिमेश पन्त, दिनेश काफ्लेको पनि अभिनय रहनेछ ।
कमेडी लभ स्टोरी फिल्मलाई एलआरके इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको हो । डा.अमित रिजाल कार्यकारी निर्माता रहने फिल्मले विवाहको संकृतिलाई पर्दामा देखाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण