सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘वर एन्ड बधू’मा कुसुमको इन्ट्री

बुधबार, २८ चैत २०८०, १० : ४४
बुधबार, २८ चैत २०८०

काठमाडौँ । गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’मा फूलमायाको भूमिकाबाट चर्चा छाएकी मोडल कुसुम शर्मा फिल्म ‘वर एन्ड बधू’मा अभिनेत्रीको रूपमा देखिने भएकी छन् । 

निर्देशक मिलन चाम्सले फिल्मको अभिनेत्रीको रूपमा कुसुम भित्रिएको जानकारी दिए । तर उनको भूमिका भने खुलाइएको छैन । पहिलो चरणको छायाङ्कन सकिएको फिल्मको दोस्रो चरणको छायाङ्कन वैशाखको ३ गतेबाट सुरु हुनेछ । शर्मा दोस्रो चरणको छायाङ्कनमा सहभागी हुनेछिन् ।

अभिनेत्री आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहने फिल्मको पहिलो चरणको छायाङ्कन रोमानियामा गरिएको थियो । 

शर्मा यस अगाडि फिल्म ‘सञ्जीवनी’मा अभिनेत्रीको रूपमा अनुबन्धित भएकी थिइन् । फिल्म निर्माण अलमल हुँदा उनी त्यसै रहेकी छन् । अहिले हेर्दा ‘सञ्जीवनी’ भन्दा ‘बर एन्ड बधू’ पहिले हुने देखिएको छ ।

हिमाल केसीको द्वन्द्व, सुदिप बरालको छायाङ्कन रहने फिल्ममा सृष्टि श्रेष्ठ, हिमेश पन्त, दिनेश काफ्लेको पनि अभिनय रहनेछ । 

कमेडी लभ स्टोरी फिल्मलाई एलआरके इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको हो । डा.अमित रिजाल कार्यकारी निर्माता रहने फिल्मले विवाहको संकृतिलाई पर्दामा देखाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप