सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेक्सजेन म्यानेजमेन्टले वैशाख ८ गते युवा नव प्रवर्द्धकहरूको भेला गर्ने

बुधबार, २८ चैत २०८०, १२ : ०४
बुधबार, २८ चैत २०८०

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्टले वैशाख ८ गते युवा नवप्रवर्द्धकहरूको भेला गर्ने भएको छ । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा काठमाडौँको बानेश्वरस्थित आनन्द भूमि बिजनेस सेन्टरमा कार्यक्रम आयोजना गर्न लागिए‌को हो ।

बर्सेनि दसौँ लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । देशमै सानो पुँजीमा गर्न सकिने थुप्रै कामहरू छन् । तर सरकारी निकायको झैँ झमेला तथा बैंक वित्तीय संस्थाबाट सही सल्लाह र सजिलै कर्जा नपाउँदा देशमा काम गर्ने वातावरण बन्न सकिरहेको छैन। 

 सिप, जाँगर र चाहना हुँदा हुँदै पनि बाध्य भए युवकहरूको रोजाई विदेश हुन गइरहेको छ । यस्तो प्रतिकुल अवस्थामा युवाहरूलाई प्रेरित गर्न र उद्योग व्यवसाय गर्ने वातावरण बनाउने गरी नेक्सजेन म्यानेजमेन्टले युवा नवप्रवर्द्धकहरूको भेला गर्न लागेको विज्ञप्तिमार्फत जनाएको छ। 

भेलामा युवाहरूको व्यवसायिक योजनाहरू प्रस्तुत हुने, छलफल गर्ने तथा सम्भाव्य देखिए‌का परियोजनाहरू स्थापना र सञ्चालनको लागि बैंक वित्तीय संस्थासँग समन्वय गर्ने काम गरिने जनाइएको छ । 

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स सम्पत्ति व्यवस्थापन र व्यावसायिक परामर्श दिने गरी खोलिएको कम्पनी हो ।वैशाख ८ गतेको भेला पछि नेक्सजेनले नियमित रूपमा नव प्रवर्द्धक उद्यमीहरूसँग छलफल गरी उनीहरूलाई देशमै बसेर काम गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप