काठमाडौँसहित विभिन्न स्थानमा ४ जना मृत फेला
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ४ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । काठमाडोँ महानगरपालिका-१९ इनाटोल बस्ने ४३ वर्षीय विनोद नेपाली भन्ने (विनोद च्यामे) आफ्नै घरको कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी बर्दियाको मधुबन नगरपालिका-४ बाँदर भरिया बस्ने ६९ वर्षीय रामशरण थारू सोही नगरपालिका-४ मौवास्थित सडक छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका-२ मणिमुकुन्द सेन उद्यान (फुलबारी) मा विगत २ महिनादेखि सेक्युरिटी गार्ड गर्ने सोही उपमहानगरपालिका-१२ नयाँगाउँ बस्ने गुल्मी मदाने गाउँपालिका-५ घर भएका ४७ वर्षीय मोहन खड्का डिउटी गर्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यता सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-३ ग्यालथुमस्थित इन्द्रावती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण