काठमाडौँसहित विभिन्न स्थानमा ४ जना मृत फेला

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ४ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । काठमाडोँ महानगरपालिका-१९ इनाटोल बस्ने ४३ वर्षीय विनोद नेपाली भन्ने (विनोद च्यामे) आफ्नै घरको कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी बर्दियाको मधुबन नगरपालिका-४ बाँदर भरिया बस्ने ६९ वर्षीय रामशरण थारू सोही नगरपालिका-४ मौवास्थित सडक छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका-२ मणिमुकुन्द सेन उद्यान (फुलबारी) मा विगत २ महिनादेखि सेक्युरिटी गार्ड गर्ने सोही उपमहानगरपालिका-१२ नयाँगाउँ बस्ने गुल्मी मदाने गाउँपालिका-५ घर भएका ४७ वर्षीय मोहन खड्का डिउटी गर्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यता सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-३ ग्यालथुमस्थित इन्द्रावती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी
-
मधेसको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेस पर्यटन मिट’
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द
-
इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?