संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम हुँदैन : नेता कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिलेको समस्याको जड निर्वाचन प्रणालीले निम्त्याएको सरकार गठन र विघटन भएको बताएका छन् । उनले संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम नहुने दाबी गरे ।
संविधान संशोधन मार्फत सुशासन, विकास र समृद्धिको बाटोमा हिँडाउन कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको कोइरालाले औँल्याए । ‘कति सधैँ सरकार गठन र विघटनमा मात्रै लागिरहने ? जनताका काम कहिले गर्ने ? विकास कहिले गर्ने ?’ कोइरालाले प्रश्न गरे ।
कोइरालाले राजनीतिक स्थिरता, सुशासन र विकास आफ्नो मूल एजेन्डा भएको र त्यसमा आफू पूर्णरुपले प्रतिबद्ध रहेको पनि बताए ।
लुम्बिनीमा आयोजित नेपाल शिक्षक संघको २३औँ सङ्घीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै कोइरालाले शान्तिका दूत गौतम बुद्धको पवित्र भूमि लुम्बिनीबाट आजैदेखि सबैले सत्यको बाटोमा हिँड्ने प्रण गर्दै देश बनाउने अभियानमा लागौँ भन्ने अठोट गर्न सबैलाई आग्रह गरे ।कोइरालाले सत्यको बाटो अप्ठ्यारो हुने तर जित सत्यकै हुने बताए ।
कोइरालाले पार्टीभित्रको तिक्तता र मनमुटाब बिर्सेर संगठनमा लाग्न र एक्लै निर्वाचन लड्ने तयारीमा जुट्न देशभरका कार्यकर्तालाई आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण