रातोपाटी साताको कविता
विक्रम सुब्बाका ३ कविता
शनिबार, ०१ वैशाख २०८१, १६ : १०
१) गायब सिंह
उसको निसानी चिह्न
हिंस्रक चार मुखे सिंहहरूको छ, तर
जताबाट हेरे पनि
एउटा सिंह कतै गायब हुन्छ सधैँ र त
छिमेकी सिमानाहरू रक्ताम्मे हुन्छन् ।
२) परेवा र चिल
जुनसुकै देशको
जतिसुकै अग्लो डाँडाबाट
जतिसुकै सेतो परेवा उडाए पनि
दिउँसै, खुला आकाशमा
चिलले परेवाको सिकार गर्छ
...र चिल ?
अमेरिकाको राष्ट्रिय पक्षी हो ।
३) काठमान्डु साहब
काठमान्डु साहबको खुट्टामा
फूलहरू टेक्ने, हिंस्रक
जनावरको छालाबाट निर्मित
काँटीदार कालो जुत्ता छ
काठमान्डु साहबको
हत्केलामा पाँच औँला छन्
सबैभन्दा सक्रिय चोर औँला छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण