कविता
एउटा देवता, धेरै विभेद
शनिबार, ०१ वैशाख २०८१, १६ : १५

एउटा ढुङ्गा देवता बन्यो
मानिसले ढुङ्गालाई देवता बनायो
ढुङ्गालाई देवता बनाउने मानिसले
मानिसलाई मानिस बनाएन ।
बरू बोल्न नसक्ने
चल्न नसक्ने ढुङ्गैढुङ्गाको आडमा,
अनेक थरी
विभेदको नियम बनायो
र, मानिसलाई मानिस बनाएन ।
न त देवता
बुझ्दछ विभेद
न त बुझ्न खोज्दछ मानिस
ढुङ्गाले के बुझोस् कुरा
मानिसले नै नबुझेपछि
रङ्गियो ढुङ्गो अबिरले
कोरिए विभाजनका रेखा
मानिस–मानिसमा
रिङ्गाउन थाल्यो विभेदको तापले
मानिस–मानिसको टाउकोलाई ।
ढुङ्गालाई देवता ठान्नेहरू
भन्छन् हाम्रो समाज मिलेको छ
एक छ
तर समाज
रोगी छ, ढोङ्गी छ
पत्रे ढुङ्गाजस्तै
विभेदका पत्रैपत्र छन्
यति धेरै विभेद
भएको हाम्रो समाजलाई
कसैले मिलेर बसेको
समाज हो, भन्छ भने
सम्झनुस्
त्यो पक्का विभेदकारी मानिस हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की