खैरो हेरोइन कारोबारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
सोमबार, ०३ वैशाख २०८१, १७ : ०९
काठमाडौँ । लागु औषध कारोबारमा संलग्न दुर्गासिंह तामाङ उर्फ मनिषविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले उनलाई पक्राउ गरेर २०७७ साल चैत २४ मा सम्पत्ति शुद्धीकरणतर्फ अनुसन्धान गर्न उनलाई विभागमा पठाएको थियो ।
पक्राउ पर्दा बरामद गरिएको २३ लाख रकम र बैंक खाताबारे अनुसन्धान गर्दा तामाङ लागुऔषध कारोबार गरेर प्राप्त सम्पत्ति शुद्धीकरण गर्न मनसायले कसुर गरेको विभागको अनुसन्धान निष्कर्ष छ । उनीविरुद्ध विभागले ४० लाख ७ हजार बिगो कायम गरेर सो रकमको दोब्बर जरिवाना तथा घरजग्गा र बैंक खाताको रकम जफत गर्न मागदावी लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्ला र बाजुरा सीमा विवादबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल
-
खेल मैदान अभावले क्रिकेट गतिविधि प्रभावित
-
बजेटलाई जनता केन्द्रित बनाउन सुझाव
-
सूर्यदर्शन सहकारी प्रकरण : कुमार रम्तेल, भविश्वर अर्याल र प्रमोद भट्टराईलाई थुनामै राख्ने आदेश
-
कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला
-
विनम्र क्यानडाको आक्रामक टिम, घरेलु विश्वकपमा छाप छोड्ने तयारीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण