मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

खैरो हेरोइन कारोबारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

सोमबार, ०३ वैशाख २०८१, १७ : ०९
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । लागु औषध कारोबारमा संलग्न दुर्गासिंह तामाङ उर्फ मनिषविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले उनलाई पक्राउ गरेर २०७७ साल चैत २४ मा सम्पत्ति शुद्धीकरणतर्फ अनुसन्धान गर्न उनलाई विभागमा पठाएको थियो ।

पक्राउ पर्दा बरामद गरिएको २३ लाख रकम र बैंक खाताबारे अनुसन्धान गर्दा तामाङ लागुऔषध कारोबार गरेर प्राप्त सम्पत्ति शुद्धीकरण गर्न मनसायले कसुर गरेको विभागको अनुसन्धान निष्कर्ष छ । उनीविरुद्ध विभागले ४० लाख ७ हजार बिगो कायम गरेर सो रकमको दोब्बर जरिवाना तथा घरजग्गा र बैंक खाताको रकम जफत गर्न मागदावी लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप