सिंहदरबार वैद्यखानाको क्षमता अभिवृद्धि र औषधि उत्पादन बढाउन निर्देशन
सारांश
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सिंहदरबार वैद्यखानाको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छिन्।
- मन्त्री मेहताले वैद्यखानाको क्षमता अभिवृद्धि, औषधि उत्पादनमा वृद्धि तथा बजार प्रवर्द्धनका लागि तत्काल चाल्नुपर्ने कदमहरूका विषयमा समीक्षा गरेकी छिन्।
- वैद्यखानाको समग्र सुधारका लागि आवश्यक स्रोतसाधन, आधुनिक औजार उपकरण र जनशक्तिको कार्य योजना तत्काल मन्त्रालयमा पेस गर्न निर्देशन दिइएको छ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सिंहदरबार वैद्यखानाको विशेष स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छिन्।
निरीक्षणपश्चात् आयोजित छलफल कार्यक्रममा वैद्यखानाको ऐतिहासिक साख र महत्त्वलाई जोगाउँदै यसको समग्र सुधारका पक्षमा जोड दिइएको छ।
सो अवसरमा स्वास्थ्य मन्त्री मेहताले वैद्यखानाको हालको अवस्था, उत्पादन क्षमता र व्यवस्थापकीय चुनौतीहरूका बारेमा विस्तृत जानकारी लिँदै संस्थालाई नयाँ गति दिन निर्देशन दिएकी छिन्।
छलफलका क्रममा वैद्यखानाको क्षमता अभिवृद्धि, औषधि उत्पादनमा वृद्धि तथा बजार प्रवर्द्धनका लागि तत्काल चाल्नुपर्ने कदमहरूका विषयमा समीक्षा गरिएको थियो।
मन्त्री र स्वास्थ्य सचिव डा. विकास देवकोटाले सुधारका कार्यहरू अघि बढाउन आवश्यक पर्ने थप स्रोतसाधन, आधुनिक औजार उपकरण र आवश्यक जनशक्तिको विस्तृत विवरणसहितको कार्य योजना तत्काल मन्त्रालयमा पेस गर्न निर्देशन दिए।
साथै, संस्थाको साख उच्च राख्न वैद्यखानाको समग्र सरसफाइ तथा दैनिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन समेत कडा निर्देशन दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका पूर्वमन्त्री काफ्लेले लिए ट्राफिक सचेतना कक्षा
-
रास्वपा गण्डकी अधिवेशन : १२ सदस्य निर्विरोध निर्वाचित
-
स्पेसएक्स सफल हुने सम्भावना १० प्रतिशतभन्दा पनि कम देखेको थिएँ : मस्क
-
रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति
-
काभ्रे बस दुर्घटनाको कारण पहिचान गर्न सरकारको निर्देशन
-
शहरी विकासमा सरकारको १ खर्ब १३ अर्बका योजना : सघन सहरीकरण र झोलुङ्गे पुल उच्च प्राथमिकतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण