रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने लुम्बिनी प्रदेश अधिवेशनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले अधिवेशन निर्वाचन समिति गठन तथा नियुक्तिसम्बन्धी तेस्रो संशोधन गरेको छ।
बिहीबार जारी निर्णयअनुसार केन्द्रीय निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा राहुल केसी लाई केन्द्रीय कानुन तथा न्याय विभाग बाट सदस्यको जिम्मेवारी दिइएको छ। त्यसैगरी पवन प्रसाद पाण्डेलाई केन्द्रीय मानव विकास मजबुतीकरण विभाग, पुष्पा प्रसाद न्यौपानेलाई केन्द्रीय निर्वाचन आयोगबाट तथा सुमन घर्तीलाई सदस्यका रूपमा समेटिएको छ।
राहुल केसीको नियुक्तिलाई लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन प्रक्रिया कानुनी रूपमा थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन महत्त्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ। केन्द्रीय निर्वाचन आयोगले समितिलाई प्रचलित विधान, निर्देशिका तथा प्रदेश अधिवेशन कार्यविधिअनुसार निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएको जनाएको छ।
सन् २०१२ देखि मानव अधिकारका लागि युवा नेपालमार्फत मानव अधिकार शिक्षा र युवा परिचालनमा सक्रिय केसी युवा सशक्तीकरण, नागरिक जिम्मेवारी, न्याय र जवाफदेहीताका विषयमा बहस चलाउँदै आएका छन् ।
सन् २०१४ मा बेल्जियम ब्रुसेल्समा प्रदान गरिएको मानव अधिकार नायक पुरस्कारले मानव अधिकार शिक्षामा उनको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको थियो। त्यसपछि उनले विश्वका ५० भन्दा बढी विश्वविद्यालयहरूमा नेतृत्व, शासन र सामाजिक उत्तरदायित्वका विषयमा अभिमुखीकरण सञ्चालन गर्दै आएका छन् ।
सन् २०१७ मा, उनले १२० भन्दा बढी देशका युवालाई जोड्ने अन्तर्राष्ट्रिय युवा मञ्च सह(स्थापना गरे, जसले विश्वभरका युवालाई नीतिगत संवाद र प्रणालीगत परिवर्तनका लागि साझा प्लेटफर्म प्रदान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तापक्रम ह्वात्तै घट्यो, ठाउँठाउँमा भारी वर्षा
-
सन् २०२६ विश्वकप: खेलकुदमा ‘ट्रम्पवाद’को युग
-
जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने
-
सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु
-
सार्वजनिक सेवा प्रसारणको अध्यक्ष नियुक्तिका लागि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय
-
लाइसेन्स परीक्षामा नक्कली परीक्षार्थी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण