बजेटलाई जनता केन्द्रित बनाउन सुझाव
काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले आर्थिक वर्ष २०८३/८४को प्रस्तुत बजेटलाई जनता केन्द्रित बनाउन सुझाव दिएका छन्।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसद नारायणदत्त मिश्रले नेपालमा अर्थतन्त्रमाथि अनेकौँ चुनौती रहेकाले त्यसलाई सम्बोधन गर्ने बजेट परिमार्जन गर्न सरकारलाई सुझाव दिए।
सांसद झक्कुप्रसाद सुवेदीले सीमान्तकृत समुदायमैत्री बजेट हुनुपर्नेमा जोड दिए । सांसद सम्झना देवकोटाले प्रस्तुत बजेट चालु आवको बजेटको संशोधित आकारभन्दा २५.२ प्रतिशतले वृद्धि हुनु आफैँमा महत्वकाङ्क्षी भएको जनाए। सांसद मोहम्मद खालिदले आगामी आवको बजेटले महँगी बढाउने र जनतामा मर्कामा पर्न सक्ने अवस्था देखिएको बताए।
सांसद ललितजङ्ग शाहीले गरिबीको रेखामुनि रहेका जनताको शिक्षा र स्वास्थ्य निःशुल्क बनाउन बजेट केन्द्रित हुनुपर्नेमा धारणा राखे। सांसद सुरेशकुमार आलेमगरले बजेटले राखेको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न मिहिनेत गर्नुपर्ने बताए।
सांसद रामकुमारी झाँक्रीले बजेटले मुलुकको व्यावहारिक समस्या समाधान गर्न सक्नेमा आशङ्का व्यक्त गरे । सांसद दुर्गा गुरुङले बजेटले स्वदेशमै रोजगारी सृजना गर्नेतर्फ बाटो देखाउनुपर्नेमा त्यो हुन नसकेको बताइन् । सांसद नरबहादुर विष्टले नेपाली समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्नुपर्ने धारणा राखे।
सांसद सोमनाथ पोर्तेलले दलित समुदायसँग माफी माग्ने र सुधारका कार्यक्रम ल्याउने बाचा पूरा गर्न आग्रह गरे ।
बैठकमा सांसद विष्णुकुमारी सापकोटा, वासुदेव घिमिरे, भुवनबहादुर सुनार, गीता देवकोटा, विष्णुबहादुर विश्कर्मा, श्रीकृष्णप्रसाद अधिकारीलगायतले बजेटलाई जनमुखी बनाउनुपर्ने धारणा राखे।
आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहेकाले सभाको अर्को बैठक असार १ गते दिउँसो १ः१५ बजे बस्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहरी विकासमा सरकारको १ खर्ब १३ अर्बका योजना : सघन सहरीकरण र झोलुङ्गे पुल उच्च प्राथमिकतामा
-
औपचारिक रुपमा सेयर बजार प्रवेश गर्यो स्पेसएक्स, एलन मस्क विश्वकै पहिलो 'ट्रिलियनेयर' बन्ने निश्चित
-
बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
-
काभ्रे बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त
-
हुम्ला–बाजुरा सीमा विवाद: आरोप–प्रत्यारोपका बिच कर्णाली करिडोर ठप्प, सर्वसाधारण मारमा
-
काभ्रे बस दुर्घटना अपडेट : मृतकसहित घाइतेहरूकाे पहिचान खुल्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण