मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

इरानमाथि थप प्रतिबन्ध लगाउन खोज्दै छन् अमेरिका र ईयू

बुधबार, ०५ वैशाख २०८१, ११ : ५९
बुधबार, ०५ वैशाख २०८१

वाशिङटन डीसी । अमेरिका र यूरोपेली संघ (ईयू)ले इरानमाथि थप प्रतिबन्ध लगाउन खोजिरहेका छन् । गएको सप्ताहान्तमा इजरायलमाथि हवाई आक्रमण गरेपछि इरानमाथि प्रतिबन्ध बढाउन लागिएको हो । कारबाही आगामी दिनमा गरिने अमेरिकी अर्थमन्त्री जेनेट येलेनले भनेकी छिन् । ईयूको विदेश नीति प्रमुख जोसेप बोर्रेलले पनि समूहले यस विषयमा काम गरिरहेको बताएका छन् ।

इजरायलले आफ्ना मित्र देशहरूलाई इरानको परमाणु कार्यक्रम निषेध गर्न अनुरोध गरेको थियो । संयुक्त राष्ट्र संघले इरानको आणविक कार्यक्रममाथि लगाएको प्रतिबन्ध अक्टोबरमै सकिएको थियो । तर अमेरिका, ईयू र बेलायतसमेतका केही देशले प्रतिबन्ध यथावत् राख्दै नयाँ बन्देज थपेका पनि थिए । इरानले शनिबार पहिलो पटक इजरायलमाथि सिधै हमला गरेको थियो । उक्त हमलामा इरान, इराक, सिरिया र यमनबाट ३०० भन्दा धेरै ड्रोन र मिसाइलहरू प्रहार भएका थिए ।

तर इजरायल र यसका मित्र देशहरूले अधिकांश ड्रोन र मिसाइल आकाशबाटै खसाइदिएका थिए । अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दूतावासमा भएको हवाई आक्रमणको प्रतिकारमा इरानले शनिबार इजरायलमाथि हवाई हमला गरेको थियो । अहिलेसम्म इजरायलले कूटनीतिक रुपमा मात्रै आक्रामक देखिएको थियो । इजरायलका विदेश मन्त्रीले ३० भन्दा धेरै देशहरूलाई इरानको मिसाइल कार्यक्रममाथि प्रतिबन्ध लगाउन अनुरोध गरेका थिए । इरानो मुख्य सैन्य, राजनीतिक एवम् आर्थिक बल इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)लाई आतंकवादी सङ्गठन घोषित गर्न पनि मान गरेको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप