मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
एकीकृत समाजवादीको निर्णय

सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

बुधबार, ०५ वैशाख २०८१, १४ : ५२
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दीर्घबहादुर सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको ८० औ सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता समेत रहेका सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

पार्टीको १० औ महाधिवेशनको तयारी लगायतको विषयमा छलफल गर्न सचिवालय बैठक पार्टी कार्यालयमा जारी छ । सोही बैठकका क्रममा सुदूरपश्चिमको विषयमा पनि निर्णय भएको हो । 

केन्द्रीय सत्ता गठबन्धन फेरिएपछि कांग्रेस नेतृत्वको गठबन्धनबाट कमल बहादुर शाहले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको गृहकार्य भइरहेको छ । तर सत्ता गठबन्धनभित्रै रहेका दलहरुबीच मुख्यमन्त्रीबारे एकरुपता छैन ।

यसअघि नागरिक उन्मुक्तिलाई त्यहाँको मुख्मयन्त्री दिने निर्णय भएकोमा  निर्णय परिवर्तन गर्दै एकीकृत समाजावादीलाई दिने निर्णय भएको थियो । तर नाउपामा रेशम र रञ्जिता पक्ष विभाजित छ । रेशमको पक्षमा प्रदेश संसदीय दलका नेता रहेको र यो पक्ष कांग्रेससँगको समीकरणमा रहेकाले सोडारीले समर्थन पाउनेमा अनिश्चितता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप