मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

रुसमा तीन सहरका विमानस्थलमा अस्थायी प्रतिबन्ध

बुधबार, ०५ वैशाख २०८१, १६ : ०१
बुधबार, ०५ वैशाख २०८१

मस्को । रुसले मस्कोको पूर्वतिर रहेका तीन सहरका  विमानस्थलमा उडान रोक्का गरेको छ । सुरक्षाको कारण देखाउँदै कजान, निज्नेकम्स्क र निज्ने नोभोरोद सहरका विमानस्थलहरूमा उडानमा अस्थायी प्रतिबन्ध लगाइएको हो ।

 निज्ने नोभोरोदमा भने बुधवार बिहान १० बजेतिरबाट उडान सुचारु गरिएको रुसको संघीय हवाई यातायात एजेन्सी रोसाभियत्सियाले बताएको छ । हालैका महिनाहरूमा रुसले सुरक्षाको कारण देखाउँदै विमानस्थलमा विमानको आवागमन बन्द गर्ने क्रम बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप