समाजवादीको बैठक
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
बुधबार, ०५ वैशाख २०८१, २३ : ४२
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्याएको छ । एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।
यसअघि महाधिवेशन जेठ ३ देखि ७ गतेसम्म हुने भनिएकामा आन्तरिक तयारी नपुगेकाले असारमा पुर्याएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
‘हामीले हाम्रो दसौँ राष्ट्रिय महाधिवेशनलाई केही दिन पछाडि सारेका छौ’, बैठकको निर्णय सुनाउँदै खतिवडाले भने, ‘२०८० असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्ने गरी निर्णय गरेका छौँ ।’
एकीकृत समाजवादीले जिल्ला कमिटी र केन्द्रको विश्लेषणका आधारमा महाधिवेशन मिति केही दिन पछि सारेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा राप्रपाको बिजोग : दुई क्षेत्रमा जम्मा ६४६ मत
-
उपनिर्वाचन भएका दुवै क्षेत्रमा एकीकृत समाजवादीको जमानत जफत
-
‘स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ’
-
इलाम–२ मा पहिचान पक्षधर उम्मेदवारको हार
-
इलाम–२ मा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (प्राप्त मतसहित)
-
इलाम–२ मा रास्वपा उम्मेदवारको जमानत जफत