उपनिर्वाचन
उपनिर्वाचन भएका दुवै क्षेत्रमा एकीकृत समाजवादीको जमानत जफत
मङ्गलबार, १८ वैशाख २०८१, ०७ : १७
काठमाडौँ । उपनिर्वाचन भएका दुवै क्षेत्रमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेपछि इलाम २ र बझाङ प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवारको जमानत जफत भएको हो ।
जसअनुसार इलाम २ मा माधव कुमार अध्यक्ष रहेको एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले मात्र ४०८ मत पाए । यस्तै बझाङमा दिलबहादुर सिंहले पनि २ हजार ५१४ मत पाए ।
सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले उपनिर्वाचनमा आफ्नो जनाधार रहेको भन्दै एक्लै चुनाव लड्ने उद्घोषका साथ उम्मेदवारी दिएको थियो ।
गएको २०७९ को निर्वाचनमा एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउन सकेको थिएन। प्रत्यक्षतर्फ भने दलीय तालमेलका आधारमा संघमा १० सिट जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण