उपनिर्वाचन
उपनिर्वाचनमा राप्रपाको बिजोग : दुई क्षेत्रमा जम्मा ६४६ मत
मङ्गलबार, १८ वैशाख २०८१, ०७ : २४
काठमाडाैँ । संघीय संसदको पाँचौँ ठुलो दल राप्रपाले उपनिर्वाचनमा कमजोर नतिजा ल्याएको छ । इलाम–२ र बझाङ प्रदेशसभा १ मा जमानत गुमाएको राप्रपाले दुई क्षेत्रमा गरेर जम्मा ६४६ मतमात्रै पाएको छ ।
राप्रपाले इलाम २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएको थियो भने उनले ४०४ मत पाए । यस्तै बझाङमा किशोर कुमार खड्का उम्मेदवार बन्दा उनले २४२ मत मात्रै पाए । गत वर्षको वैशाखमा भएको उपनिर्वाचनमा पनि राप्रपाको कमजोर मत आएको थियो ।
उपनिर्वाचनमै इलाम २ मा उम्मेदवार खडा गरेको राप्रपा नेपालले पनि जम्मा ४३ मत पायो । राप्रपा र राप्रपा नेपालले हिन्दुराष्ट्र र राजतन्त्र पुनर्स्थापनाको एजेन्डा बोक्दै आएका छन् । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन र राप्रपा नेपालको अध्यक्षमा कमल थापा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण