उपनिर्वाचन
उपनिर्वाचनमा राप्रपाको बिजोग : दुई क्षेत्रमा जम्मा ६४६ मत
मङ्गलबार, १८ वैशाख २०८१, ०७ : २४
काठमाडाैँ । संघीय संसदको पाँचौँ ठुलो दल राप्रपाले उपनिर्वाचनमा कमजोर नतिजा ल्याएको छ । इलाम–२ र बझाङ प्रदेशसभा १ मा जमानत गुमाएको राप्रपाले दुई क्षेत्रमा गरेर जम्मा ६४६ मतमात्रै पाएको छ ।
राप्रपाले इलाम २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएको थियो भने उनले ४०४ मत पाए । यस्तै बझाङमा किशोर कुमार खड्का उम्मेदवार बन्दा उनले २४२ मत मात्रै पाए । गत वर्षको वैशाखमा भएको उपनिर्वाचनमा पनि राप्रपाको कमजोर मत आएको थियो ।
उपनिर्वाचनमै इलाम २ मा उम्मेदवार खडा गरेको राप्रपा नेपालले पनि जम्मा ४३ मत पायो । राप्रपा र राप्रपा नेपालले हिन्दुराष्ट्र र राजतन्त्र पुनर्स्थापनाको एजेन्डा बोक्दै आएका छन् । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन र राप्रपा नेपालको अध्यक्षमा कमल थापा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड र ओलीसँग सशङ्कित कांग्रेस, विश्वासको मतमा अवरोध गर्ने योजना
-
करार कर्मचारीलाई निकालेपछि ट्रेड युनियन कांग्रेस धादिङले गर्यो भर्त्सना
-
सबै दलको छलफलबाट राजनीतिक निकास आउँछ : मन्त्री अर्याल
-
इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति
-
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक
-
काठमाडौँ–तराई–मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु