मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमुख्यसचिव शाक्यको निधन

बुधबार, ०५ वैशाख २०८१, २२ : ४१
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सर  रोगको उपचारका क्रममा आज बिहान ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो ।  लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षका थिए ।

उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्कएका थिए । नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त गरेका उनी कानुन, न्याय  तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत भए ।

पूर्वसचिव गोपीनाथ मैनालीका अनुसार लोकसेवा आयोगमा रहँदा उनको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए । स्व शाक्यका दुई छोरी र दुई छोरा छन् भने श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप